बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

Share this news

पङ्खाबारी,14 जुलाई(निसं): गत केहीदिन अघि गाड़ीधुरामा एकजना पाँच वर्षीय नाबालिमाथि भएको दुष्कर्मको विरोधमा आइतवार गाड़ीधुरामा लङ्भ्यू परिवर्तन मुभमेण्टले एक विरोध र्‍याली निकाल्नुका साथै यहाँको शहीद दुर्गामल्ल चोकमा एक सचेतना कार्यक्रमको पनि आयोजना गरिएको थियो। संस्थाका सदस्यहरूले हातमा जनचेतना मूलक अनि बालिकाको निम्ति न्यायको माग गर्दै लेखिएको प्ला कार्डहरू हातमा लिएर विरोध र्‍यालीमा भाग लिएका थिए। त्यसपछि यहाँको शहीद दुर्गामल्ल चोकमा आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी प्रमुख सेमिका लामाले आज देशको कुनै पनि क्षेत्रमा नारीहरू सुरक्षित नरहेको जनाइन्। तिनले नारीलाई पूजा गरेर मात्र नहुने जनाउँदै बरू यो समाजले सर्वप्रथम नारी उत्पीडिनलाई रोक्नु पर्ने जनाइन्। तिनले आज नारीहरू घरदेखि बाहिर निस्किनु समेत हम्मे परिरहेको अवस्था छ भन्दै यसको जिम्मेवार हाम्रो समाज पनि हो भनी जनाइन्। लामाले बेटी पढ़ाउ, बेटी बचाऊ होइन अब केटाहरूलाई शिक्षित बनाएर नारीहरूलाई सम्मान गर्न सिकाउनुपर्छ भनी बताइन्। तिनले गाड़ीधुरामा भएको बालिका दुष्कर्मको निन्दा गर्दै दोषलाई कठोर सजाय दिनुपर्छ भन्दै यसको निम्ति सबैलाई अघि आइदिने आग्रह गरिन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान