यस वर्षको बोनस सरकारले 20% को एडभाइजरी जारी गरे तापनि लङभ्यू चिया बगान मालिकले मात्र 10% बोनस दिने पत्राचार गरेको थियो। तर श्रमिकहरूले 20% को मागमा 11 सितम्बरदेखि दैनिक रूपमा गेट मिटिङ गरिरहेका थिए। जसको फल स्वरूप आज कम्पनीले 20% नै बोनस दिने नोटिस जारी गर्न वाध्य बन्यो। यसरी श्रमिक एकता र सङ्घर्षको जित भयो। HPEU Longview Unit की सचिव तनुजा लामाले
सम्पूर्ण श्रमिकहरूलाई हार्दिक वधाइ दिएकी छिन् भने समाचार प्रसारण गरिदिने सम्पूर्ण मिडिया कर्मीहरूलाई पनि हामी हार्दिक आभार व्यक्त गरेकी छिन्।
