Bhasha Manyata Diwas observed by Sahitya Sunau Pariwar

साहित्य सुनौं परिवारद्वारा भाषा मान्यता दिवस पालन

Share this news

साहित्य सुनौं परिवार मिरिकले बुधबार भूतपूर्व सैनिक भवन, कृष्णनगरमा भब्यताको साथ विविध कार्यक्रम माझ नेपाली भाषा मान्यता दिवस पालन गर्यो। साहित्य सुनौंका अध्यक्षता अमर दुङमालीको अध्यक्षता अनि अजम प्रधान, केसाङ लामा अनि बिष्णुकुमार बराइलीको संचालनमा पालन गरिएको कार्यक्रममा मुख्य अतिथि साहित्यकार मदन ओझा, विशिष्ट अतिथिहरूमा अरूण चन्द्र कुलुङ, किशन प्रधान, बी० एन० शर्मा, एस० पी० शर्मा आदि थिए।
मुख्य अतिथि र विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्ज्वलन गरिएपछि शुरू भएको कार्यक्रममा सुनीति खातीले भजन प्रस्तुत गरेपछि दिवंगत भाषा संग्रामीहरूप्रति १ मिनटको मौन धारण गरियो। साहित्य सुनौंका सचिव यज्ञनिधि ढकालले स्वागत सम्बोधन गरेको कार्यक्रममा
वर्तमान परिपेक्षमा नेपाली भाषा प्रयोगमा चुनौती विषयमा वाक पटुता प्रतियोगिता सम्पन्न गरियो। कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलन सड़कदेखि संसदसम्म भन्ने विषयमा साहित्यकार अरूण चन्द्र कुलुङले वार्ता प्रस्तुत गरे भने कवि विचन्द्र प्रधानलाई सम्बर्द्धना पनि गरियो। कवि गोष्ठी पनि गरिएको उक्त कार्यक्रममा नेपाली भाषा मान्यतापछि यसको प्रयोग र स्थितिमाथि किशन प्रधानले वार्ता प्रस्तुत गरे।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री