14 ग्राम पञ्चायत 15 समष्टिका जनताको निम्ति नयाँ अस्पताल भवन आवश्यकः श्यमा शेर्पा

Share this news

खरसाङ, 1 जुलाई (निसं)ः खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद एवं जीटीए स्वस्थ्य विभागका भारप्राप्त सभासद श्याम शेर्पाले खरसाङ महकुमा अस्पताल चाँड़ो निर्माण हुन पर्ने माग गरेका छन्। तिनले उक्त माग उत्तर बंगाल स्वस्थ्य निर्देशालय (स्वस्थ्य सेवा) का उप निर्देशक तनिमा मण्डलसित उक्त माग गर्दै एउटा ज्ञापन पनि बुझाएका छन्। उक्त ज्ञापनमा खरसाङ महकुमा अस्पतालको नयाँ भवन चाँड़ो निर्माण गर्नुको साथै वर्तमानमा मृगौला रोगीहरू धेरै रहेकाले खरसाङ महकुमा अस्पतालमा एउटा डायलिसिस सेन्टर चाँड़ो स्थापना गर्ने, अस्पतालमा डाक्टर, नर्स, ग्रुप सी र डी कर्मचारीहरूको नियुक्ति गर्ने, अस्पतालमा औषधि अनि अन्य चिकित्सा सामग्रीहरूको आपूर्तीलाई सही राख्ने माग गरेका छन्। सभासद्ले स्वस्थ्य सेवा मानिसहरूको मौलिक अधिकार रहेको जनाउदै खरसाङ महकुमा अस्पतालले 24 खरसाङ विधानसभा समष्टि अन्तर्गत रहेका 14 ग्राम पञ्चायत, 15 वटा जीटीएको समष्टिका 1 लाख 36 हजार 7 सय 93 (2011 को जनगणना अनुसार) मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गर्नु पर्ने भएकोले यस अस्पतालको सेवा आधुनिक सुविधा सम्पन्न हुनपर्ने पनि माग गरेका छन्। तिनले खरसाङ महकुमा अस्पतालले दार्जीलिङ जिल्लाकै अधिकतर चिया बगानका मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गरिरहेको र यी चिया बगान क्षेत्रहरूमा धेरै मानिसहरू गरिबीको रेखामुनि जीवन यापन गरिरहेका उप निर्देशकलाई अवगत गराउदै चिया बगान क्षेत्रका ती सबै मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गर्नको निम्ति अस्पतालको सेवा र क्षमतामा वृद्धि गर्न पर्ने माग गरेका छन्। सभासदले वर्तमानमा पुरुष मेडिकल वार्डमा 10 वटा मात्र बेड क्षमता रहेको उप निर्देशकलाई अवगत गराउदै नयाँ अस्पताल भवन चाँड़ो निर्माण गर्न अति आवश्यक रहेको बताएका छन्। सभासद श्याम शेर्पाले उक्त ज्ञापन सोमवार अस्पतालको भ्रमणको समयमा निर्देशलाई दिएको जानकारी गराएका छन्। यो मागलाई उच्च स्तरमा लैजाने आश्‍वासन उपनिर्देशकले दिएकी छन्। श्याम शेर्पाले यस मागको बारेमा जीटीएका मुख्य कार्यपाल अनित थापासित भेट गरेर जानकारी गराउने अनि यस विषयमा प्रमुख कार्यपालको सहयोगको लागि अनुरोध गर्ने पनि बताएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान