Jorhat Super Division Football Match
Jorhat Super Division Football Match

विवेक गुरुङले उत्कृष्ट खेलसङ्गै जोरहाट सुपर डिभिजन फुटबल जिते

Share this news

अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाअन्तर्गत नामपोङ निवासी प्रतिभाशाली फुटबल खेलाडी विवेक गुरुङले आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिँदै जोरहाट सुपर डिभिजन फुटबल लिग–२०२६ को बहुप्रतिष्ठित उपाधि जित्न सफल भएका छन्। फाइनल खेलमा जोरहाट टाउन क्लबले जोरहाट भिक्टोरियस एफसीलाई ५–२ गोलअन्तरले पराजित गर्दै शानदार जित हासिल गर्दा विवेक गुरुङले खेलको सुरुमै पहिलो गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। प्रतियोगिताभर उनले केवल चार खेलमा पाँच गोल गर्दै आफ्नो उत्कृष्ट गोल स्कोरिङ क्षमता पुनः प्रमाणित गरे।

यो सफलता विवेक गुरुङका लागि व्यक्तिगत रूपमा पनि ऐतिहासिक बनेको छ। उनले २०१७, २०१९, २०२२, २०२५ र २०२६ गरी पाँच पटक जोरहाट सुपर डिभिजन फुटबल लिगमा सहभागिता जनाएका छन्, र आश्चर्यजनक रूपमा पाँचै पटक च्याम्पियन टोलीका सदस्य बन्न सफल भएका छन्। यस्तो निरन्तर सफलताले उनलाई उत्तर–पूर्व भारतका सर्वाधिक सफल फुटबलरमध्ये एकका रूपमा स्थापित गरेको छ।

यसअघि पनि विवेक गुरुङले इन्द्रजित नामचुम अरुणाचल लिग–२०२५ मा क्यापिटल कम्प्लेक्स एफसीबाट खेल्दै १३ गोल, ४ पटक प्लेयर अफ द म्याच, २ ह्याट्रिकसहित गोल्डेन बुट तथा ₹५०,००० नगद पुरस्कार जितेर आफ्नो असाधारण प्रतिभाको परिचय दिएका थिए। नामपोङको सामान्य परिवेशबाट सुरु भएको उहाँको फुटबल यात्रा आज हजारौँ युवा खेलाडीका लागि प्रेरणाको स्रोत बनेको छ।

उपाधि जितेपछि विवेक गुरुङले आफ्नो सफलताको श्रेय भगवान् र आफ्ना शुभेच्छुकहरूलाई दिँदै भन्नुभयो, “म सर्वप्रथम भगवानप्रति आभारी छु। अहिलेसम्म मलाई साथ, माया र हौसला दिने सम्पूर्ण शुभेच्छुकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, माया र आशीर्वाद यस्तै रहिरहोस् भन्ने अपेक्षा गर्दछु।” निरन्तर उत्कृष्ट प्रदर्शन, अनुशासन, अथक मेहनत र खेलप्रतिको समर्पणका कारण विवेक गुरुङ आज अरुणाचल प्रदेशका मात्र होइन, सम्पूर्ण भारतीय गोरखा समुदायका गौरवशाली फुटबल खेलाडीका रूपमा परिचित बनेका छन्।

Share this news
आजको रोजाइ
पर्यावरण पर्व २०२६ को स्वरूप बीएसी परखामा सफाई अभियान

पर्यावरण पर्व २०२६ को स्वरूप बीएसी परखामा सफाई अभियान

युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने

युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने

कांस्य पदक विजेता सोनेया सुब्बालाई मल्लीमा गरियो भव्य स्वागत

कांस्य पदक विजेता सोनेया सुब्बालाई मल्लीमा गरियो भव्य स्वागत

जुलाई १३ मा हुने २१२ औं भानु जयन्तीको पूर्वतयारीको समीक्षा

जुलाई १३ मा हुने २१२ औं भानु जयन्तीको पूर्वतयारीको समीक्षा

मेटाले सुरु गर्‍यो प्रम्प्टहरूसँग खेल उत्पन्न गर्न सक्ने एआई एप पकेट

मेटाले सुरु गर्‍यो प्रम्प्टहरूसँग खेल उत्पन्न गर्न सक्ने एआई एप पकेट

आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’ 

आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’ 

एम्ससहित धेरै प्रस्तावित केन्द्रीय सरकारी परियोजना गर्न सिलगढी तयार

एम्ससहित धेरै प्रस्तावित केन्द्रीय सरकारी परियोजना गर्न सिलगढी तयार

विवेक गुरुङले उत्कृष्ट खेलसङ्गै जोरहाट सुपर डिभिजन फुटबल जिते

विवेक गुरुङले उत्कृष्ट खेलसङ्गै जोरहाट सुपर डिभिजन फुटबल जिते

पहाडमा हर घर जल योजनामा धेरै अनियमितता भएको एडवर्ड्सको आरोप

पहाडमा हर घर जल योजनामा धेरै अनियमितता भएको एडवर्ड्सको आरोप

आमिर खानले जुलाई ५मा गौरीसँगको आफ्नो विवाह ‘घरेलु’ हुने बताए

आमिर खानले जुलाई ५मा गौरीसँगको आफ्नो विवाह ‘घरेलु’ हुने बताए

आजको रोजाइ