तक्दाह-पेशोक: 20 दिसेम्बर(निसं): चार बर्षदेखि चौध बर्षसम्मका बालबालिकाहरुको मस्तिष्क विकास हेतु तक्दाह बजारमा एबाकस केन्द्रको उद्घाटन गरियो। केन्द्र्का सञ्चालक आनन्द तामङ अनि स्टेट ब्यांक अव इण्डियाका प्रबन्धक जिग्मी शेर्पा एवं अन्यको उपस्थितिमा उक एबाकस केन्द्रको उद्घाटन गरियो। विशेष गरेर बालबालिकाहरुमा हिसाब अर्थात् अंक गणित प्रति अरुचीलाई मध्य नजर गरेर उक्त एबाकस केन्द्र सञ्चालन गरिएको केन्द्र्का सञ्चालक आननद तामङले जनाए। उक्त केन्द्रमा चार बर्ष देखि चौध बर्ष सम्मका नानीहरुले भर्ना लिन सक्ने सञ्चालक तामङले बताए भने एबाकस केन्द्रमा नानीहरुले सही तरिकाले मेथमेटिक्स बारे इन्प्रुभ गर्न सकेको बिशेष अतिथि एसबीआई तक्दाह शाखाका प्रबन्धक जिग्मी शेर्पाले बताए।
रङ्गली-रङ्गलीयट क्षेत्रमा यस प्रकारको अबाकस केन्द्र खोलिनु सकारात्मक सोंच रहेको स्थानीयहरुले बताए भने पहाडी भेगमा अहिले विद्यालयहरु शीतकालिन विदाको कारण बन्द हुनेवाला छ् भने कतिपय विद्यालयहरुमा शीतकालिन विदा भईसकेका छन् । यसैले जुन जुन नानीहरुलाई म्याथमेटिक्स बिषय गाह्रो महसुस हुन्छ , उनीहरुले यस् अबाकस केन्द्रमा भर्ना लिएर त्यो गाह्रोपनपालाई पन्साएर आफ्नो दिमागलाई सक्रिय राखेर कुनै पनि सृजनशील क्षमताको विकास गर्न सक्ने छन् भन्ने मानिसहरुले मत व्यक्त गरेका छन् ।










