Important meeting of kalimpong Sports Association

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक

Share this news

कालेबुङ स्पोर्ट्स एसोसिएसनको महत्वपूर्ण बैठक हालै सम्पन्न भएको छ। उक्त बैठकमा प्रति वर्ष आयोजना हुँदै आएका रवि लाल मेमोरियल र भानुबराल मेमोरियल फुटबल प्रतियोगिता सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।

बैठकपश्चात् पत्रकारहरूलाई जानकारी दिँदै एसोसिएसनका सदस्य अशोक प्रसादले जानकारी दिए अनुसार, आगामी जुलाई १ देखि यी दुवै प्रतिष्ठित फुटबल टुनामेन्टहरू मेला ग्राउण्ड, कालेबुङ मा सुरु हुनेछन्। उनले प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले जुन २८ तारिख भित्रमा अनिवार्य रूपमा रेजिस्ट्रेशन गराइसक्नुपर्ने जनाए।

रेजिस्ट्रेसन प्रक्रियालाई सरल र व्यवस्थित बनाउन एसोसिएसनले केही अनिवार्य शर्तहरू पनि राखेको छ। यसबारे जानकारी दिँदै एसोसिएसनका कार्यकारी अध्यक्ष शान्ति मोथेले भने, “यस वर्षको लिगमा केवल कालेबुङ जिल्लाका खेलाड़ीहरू मात्र सहभागी हुन पाउने छन्। साथै, टिम दर्ताको समयमा हरेक खेलाडीको फोटो र आधार कार्ड पेश गर्नु अनिवार्य हुनेछ।”

कालेबुङको खेलप्रेमी समुदायमा उच्च प्रतिष्ठा राख्ने यी दुई प्रतियोगिताले युवाहरूको खेलप्रति रूचि बढाउने, प्रतिभा पहिचान गर्ने र खेलकुद संस्कारलाई जगेर्ना गर्ने उद्देश्य बोकेको छ। एसोसिएसनले आयोजनाको सम्पूर्ण तयारीमा जुटेको बताएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न