लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रवक्ता आरके शर्माले लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार भएको बताउँदै उक्त घटनाको घोर भत्सर्ना गरेका छन्।
सोमबार साँझ दिल्लीको लालकिल्लाअचानक एक जोरदार विस्फोटले हल्लियो। लाल किल्लाको नजिक मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्किङमा रहेको कारमा जबरजस्त विस्फोट भयो, जसको आवाज टाढा टाढासम्म सुनियो। प्रत्यक्षदर्शीहरूले बताए अनुसार केही सेकेन्डमै कार आगोको गोलामा परिणत भयो र यसको ज्वालाले वरिपरि पार्किङमा रहेका करिब सातदेखि आठ कारलाई पनि समात्यो।
विस्फोट साँझ करिब ६ बजेर ५२ मिनेटमा भयो। सूचना पाएलगत्तै प्रहरीले, दमकल र अन्य एजेन्सीहरू घटनास्थलमा पुगे। आगो निभाउन सात फायर ब्रिगेडका गाडीहरू तैनाथ गरियो। उद्धार टोलीले तुरुन्त घाइतेलाई बाहिर निकाल्यो र नजिकैको लोकनायक जयप्रकाश अस्पताल (LNJP) मा भर्ना गरियो। गृहमन्त्री अमित शाह आफैले अस्पताल पुगेर वरिष्ठ अधिकारीहरू र डाक्टरहरूसँग बैठक गरेर राहत कार्यहरूको समीक्षा गरे।
घटनास्थलमा NSG, NIA र फोरेन्सिक टोलीहरू पनि पुगे। दिल्ली प्रहरीको स्पेसल सेल र बम निवारक टोली सक्रिय छ। उक्त घटनासङ्ग सम्बद्ध आतङ्कवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने अझै विभिन्न ठाउँमा अऩुसन्धान गरिरहेको छ।

 


Share this news
आजको रोजाइ
SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

आजको रोजाइ