शहिदहरूको त्याग र बलिदानलाई हामी कधापी भूल्ने छैनौं:डी के गुरूङले भने। शहिदहरूको त्याग र बलिदानलाई हामी कधापी भूल्ने छैनौ यो भनाई श्रमिक नेता डी के गुरूङको हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया बगान श्रमिक आन्दोलनमा शहिद भएका ती वीर शहिदहरूको स्मरण श्रद्धाञ्जली अर्पण गर्यो।सन 1955 मा चिया श्रमिकहरूले आफ्नो हक अधिकारको मांग गर्दै आन्दोलन गरेका थिए।चिया श्रमिकहरू आफ्नो हक र अधिकारको मांग लिएर एकबद्ध भएका थिए।यसैक्रममा 25 जून 1955 को दिन मार्ग्रेटस होप चिया बगानमा चिया श्रमिकहरूले आफ्नो हक र अधिकारको मांग लिएर शान्ती पूर्ण रैली निकाली रहेका थिए।
त्यसै अवधि बंगाल पुलिसको गोलीले अमृतमाया कमिनी,मौली शोभा राई,जीतमान राई,काले लिम्बु,पदमलाल गिरी,कान्छा सुनार शहिद भएका थिए।मार्ग्रेटसहोप चिया बगानको शहिद बेदीमा आज बिहान हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ,भीम सुनाम लगायत केन्द्रीय नेतृत्वहरूसंग संगै स्थानीय श्रमिक नेतृत्वहरूले श्रद्धाञ्जली अर्पण गर्यो।यसै अवधि अध्यक्ष डी के गुरूङले भने चिया श्रमिकहरूको हक र अधिकारको निम्ति 25 जून 1955 आजकै दिन प्राणको आहुति दिएका थिए।सन 1951 सालमा श्रमिक कानूनको निर्माण भयो तर श्रमिक कानून अनुसार श्रमिकहरूले पाउनु पर्ने हक र अधिकारहरू नपाउँदा चिया श्रमिकहरू निराश भएका थिए अनि आफ्नो हक र अधिकारको मांग गर्दै आई रहेका थिए तर मालिकहरूले श्रमिकहरूको हक र अधिकारको मांगलाई बेवास्ता गर्दै आई रहेको थियो। चिया बगान मालिकहरूले आफुलाई भने जस्तो नहुँदा श्रमिकहरूलाई हट्टा बाहिर समेत गर्ने गर्थे।
श्रमिक संगठनहरूले चिया श्रमिकहरूको पक्षमा मालिकहरू समक्ष 14 सूत्री मांग पत्र चढाएका थिए,ती 14 सूत्री मांगमा हट्टा बाहिर गर्ने प्रथा बन्द हुन पर्छ,सुत्केरीहरूले पाउने भत्ता तथा सुविधाहरू पाउनु पर्छ आदि जस्ता मांगहरू सामेल रहेका थिए तर श्रमिक संगठनहरूको मांग पत्र समेतलाई मालिकवर्गहरूले अनदेखा गर्दै आइरहेको थियो।यस्ता कार्यहरूको फलस्वरूप श्रमिक आन्दोलन दिन प्रति दिन उग्र बन्दै गएका थिए अध्यक्ष गुरूङले बताए।तिनले अघि भने यी शहिदहरूले चिया श्रमिकहरूको हक र अधिकारको निम्ति प्राणको आहुति दिएका थिए।यी वीर शहिदहरूले दिएको त्याग र बलिदानलाई हामी कधापी भूल्न सक्दैनौ अध्यक्ष डी के गुरूङले बताए।











