गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सुके–मानेभञ्ज्याङ समष्टिको माझीधुरा–पारमेन बस्ती शाखा कमिटी गठन गरिएको छ। उक्त जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।लाक्पा शेर्पाको निवासमा सम्पन्न सांगठनिक सभाको अध्यक्षता लिना लेप्चाले गरेकी थिइन्। सभामा पार्टी संगठनलाई अझ सशक्त र जनमुखी बनाउँदै लैजान कार्यकर्ताहरूबीच विस्तृत छलफल भएको बताइएको छ। छलफलपश्चात् नयाँ शाखा कमिटी गठन गरिएको हो। अध्यक्ष पदका लागि पासाङ तामाङले लाक्पा शेर्पाको नाम प्रस्ताव गरेका थिए भने अनुप तामाङले उक्त प्रस्तावलाई समर्थन जनाएका थिए।
सभाले सर्वसम्मत रूपमा लाक्पा शेर्पालाई अध्यक्षमा चयन गरेको छ।नवनिर्वाचित शाखा कमिटीमा बहादुर तामाङ उपाध्यक्ष, पासाङ तामाङ सचिव, अनुप तामाङ कोषाध्यक्ष तथा लेन्डु शेर्पा र लेण्डुप शेर्पा प्रमुख सल्लाहकारमा चयन भएका छन्। त्यसैगरी कार्यकारिणी सदस्यहरूमा हरि तामाङ, पेमा डोमा शेर्पा, नित्या तामाङ, निनु लेप्चा, निङमा तामाङ, डोमा भुटिया तथा सुकु तामाङ चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै सभामा उपस्थित नेताहरूले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
योभन्दा अघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पुलबजार बिजनाबारी गोक समष्टिको नयाँ नोर ग्राम पन्चायत अन्तर्गत अप्पर आनन्देन शाखामा गोरानासं कर्मठ सदस्या सरिता सुब्बाको अध्यक्षतामा सांङ्ठनिक सभा सम्पन्न भयो। बिमल सुब्बाले संचालन गरेको सांङ्ठनिक सभामा दार्जीलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बा, गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्री , सचिव जीवन प्रधान , नयाँ नोर ग्राम शाखा अध्यक्ष पदम चाम्लिङ , समष्टि सचिव किरण राई साथै शाखाका प्रतिनिधि अनि कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थिए।
सभामा पार्टीलाई अझ बलियो बनाउनको निम्ति आनेन्देन शाखामा दुई जना संयोजक चयन गर्ने निर्णय गर्दै बिमल सुब्बा अनि रत्नकुमार सुब्बालाई सर्वसम्मतिले चयन गरियो। यसकासाथै आगमी दिनमा वहाँहरुको नेतृत्वमा शाखा कमिटी पनि गठन गर्ने जिम्मेवारी दिइयो। यसैक्रममा गाइस सुब्बा द्वारा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनद्वारा पार्टीको संगठनलाई बलियो बनाउनको निम्ति दिएको निर्देशनलाई सह्रदय पालन गर्नु पर्ने आनन्देन वासीलाई जानकारी दिए। गाइस सुब्बाले थप जानकारी गराउदै भने, गोर्खा जातिको मुद्दा अनि अस्मिता बचाउनको निम्ति एउटै मात्र पार्टी गोरामुमो रहेको र संवैधानिक ब्यवस्था पहाडमा लागू गराउन धेरै हदसम्म पार्टीले काम गरिसकेको सभालाई जानकारी गराए।












