Haribhakta Katuwal Jaigaon Birth Anniversary
Haribhakta Katuwal Jaigaon Birth Anniversary

अलिपुरद्वारको जयगाउँमा हरिभक्त कटुवालको ९१औँ जयन्ती पालन

Share this news

नेपाली साहित्य प्रतिष्ठान डुवर्सको आयोजनामा अलिपुरद्वार जिल्लाअन्तर्गत जयगाउँस्थित तुर्सा टीजी प्राइमरी स्कुल परिसरमा रहेको कवि हरिभक्त कटुवालको पूर्णकदको सालिक प्राङ्गणमा बिहीबार ९१औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाइएको छ। प्रतिष्ठानको पहलमा निर्माण गरिएको कवि कटुवालको सालिकमा माल्यार्पण, धूप–दीप प्रज्वलन तथा पुष्पाञ्जलि अर्पण गरी उनको साहित्यिक योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सालिक परिसरको सरसफाइ तथा रङरोगनसमेत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली साहित्य प्रतिष्ठान डुवर्सका अध्यक्ष कमल शर्माले भारतीय नेपाली साहित्यमा कवि हरिभक्त कटुवालले पुर्‍याएको साहित्यिक, सामाजिक, सांस्कृतिक तथा भाषिक योगदानको सम्मानस्वरूप प्रतिष्ठानले उनको पूर्णकदको सालिक निर्माण गरेको बताए। उनले प्रत्येक वर्ष जन्मजयन्तीका अवसरमा कटुवालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आएको उल्लेख गर्दै यस वर्ष पनि विधिवत् रूपमा धूप–दीप, माल्यार्पण र श्रद्धासुमन अर्पण गरी सम्मान गरिएको जानकारी दिए।

अध्यक्ष शर्माले निकट भविष्यमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा हरिभक्त कटुवाललाई समेत स्मरण गर्दै विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने बताए। कार्यक्रममा समाजसेवी ललित कोइराला, नेपाली साहित्य प्रतिष्ठान डुवर्सका महासचिव दुर्गा राई चामलिङ, कोषाध्यक्ष उत्तम भुजेल, प्रीतम क्षेत्रीलगायत प्रतिष्ठानका पदाधिकारी, साहित्यप्रेमी तथा स्थानीय गाउँलेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यता सिलगढीमा कवि तथा गीतकार हरिभक्त कटुवालको प्रतिमा स्थापित भएको छैन। यद्यपि यहाँ सञ्चारकर्मी रुबेन गुरूङद्वारा सन् 1986 मा हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठान संस्थापित भएको छ। यसका संरक्षक केके कटुवाल र सचिव कृष्ण गुरूङको नेतृत्वमा प्रति वर्ष सिलगढीका विभिन्न भवनमा कटुवाल जयन्ती, पुण्यिथि र अरू कार्यक्रम आयोजन गर्दै आएको थियो। तर दुःखको कुरा यो संस्थानका अध्यक्ष साहित्य अकादमी पुरस्कार विजेता लोकनाथ चापागाईंको गत 26 जून, शुक्रबार दिवङ्गत हुनु भयो। यसैले उनको शोक पालन गर्दै कटुवाल जयन्ती पालन गरेन।

Share this news
आजको रोजाइ
पर्यावरण पर्व २०२६ को स्वरूप बीएसी परखामा सफाई अभियान

पर्यावरण पर्व २०२६ को स्वरूप बीएसी परखामा सफाई अभियान

युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने

युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने

कांस्य पदक विजेता सोनेया सुब्बालाई मल्लीमा गरियो भव्य स्वागत

कांस्य पदक विजेता सोनेया सुब्बालाई मल्लीमा गरियो भव्य स्वागत

जुलाई १३ मा हुने २१२ औं भानु जयन्तीको पूर्वतयारीको समीक्षा

जुलाई १३ मा हुने २१२ औं भानु जयन्तीको पूर्वतयारीको समीक्षा

मेटाले सुरु गर्‍यो प्रम्प्टहरूसँग खेल उत्पन्न गर्न सक्ने एआई एप पकेट

मेटाले सुरु गर्‍यो प्रम्प्टहरूसँग खेल उत्पन्न गर्न सक्ने एआई एप पकेट

आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’ 

आलिया भट्ट र शरवरी अभिनीत बहुप्रतीक्षित स्पाइ–एक्सन फिल्म ‘अल्फा’ 

एम्ससहित धेरै प्रस्तावित केन्द्रीय सरकारी परियोजना गर्न सिलगढी तयार

एम्ससहित धेरै प्रस्तावित केन्द्रीय सरकारी परियोजना गर्न सिलगढी तयार

विवेक गुरुङले उत्कृष्ट खेलसङ्गै जोरहाट सुपर डिभिजन फुटबल जिते

विवेक गुरुङले उत्कृष्ट खेलसङ्गै जोरहाट सुपर डिभिजन फुटबल जिते

पहाडमा हर घर जल योजनामा धेरै अनियमितता भएको एडवर्ड्सको आरोप

पहाडमा हर घर जल योजनामा धेरै अनियमितता भएको एडवर्ड्सको आरोप

आमिर खानले जुलाई ५मा गौरीसँगको आफ्नो विवाह ‘घरेलु’ हुने बताए

आमिर खानले जुलाई ५मा गौरीसँगको आफ्नो विवाह ‘घरेलु’ हुने बताए

आजको रोजाइ