जीएसएसएस-द्वारा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ती धर्ना प्रदर्शन गर्ने 

Share this news

दार्जीलिङ,19 नोभेम्बर(निसं):गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति(जीएसएसएस)साधारणसभा तथा संगठन विस्तार सम्बन्धी जानकारी दिदै संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेकोछ, गत 16 नोभेम्बरको दिन नयाँ दिल्ली गोर्खा भवनमा सम्पन्न भएको गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति (जीएसएसएस)-को साधारण सभा सफलतापूर्वक सम्पन्न भयो। सभामा संगठनलाई अझ बलियो र प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू पारित गरिएकोछ, जसमा बैठकका साधारण सभा मार्फत जीएसएसएस-मा नयाँ सदस्यहरूको औपचारिक रूपमा स्वागत गरिएको छ।उनीहरूको सहभागिताले संगठनलाई नयाँ ऊर्जा, प्रतिबद्धता र विस्तारित प्रतिनिधित्व प्रदा  गर्ने अपेक्षा गरिएको छ। साथै संगठनको पहुँच विस्तार गर्न तथा क्षेत्रीय समन्वयलाई सुदृढ बनाउन जीएसएसएस-का नयाँ समितिहरू हरियाणा र दिल्ली गठन गरिने निर्णय गरियो। यी समितिहरूले केन्द्रीय समितिसँग सहकार्य गर्दै कार्यक्रम, गतिविधि र आन्दोलन सम्बन्धी पहललाई प्रभावकारी रूपमा अघि बढाउनेछन्। संगठनका महत्वपूर्ण एजेन्डाहरूको समीक्षा र अनुमोदन आर्थिक प्रतिवेदनको प्रस्तुतिकरण तथा पारित आगामी कार्यक्रम तथा विस्तार योजनामा छलफल सदस्यहरूबाट प्राप्त सुझावहरूलाई भावी कार्ययोजनामा समावेश गर्ने निर्णय संगठनको सूचना, प्रचार-प्रसार तथा सञ्चार व्यवस्थापनलाई सुदृढ बनाउन
राज गुरुङलाई जीएसएसएस-को मिडिया प्रभारीको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। आगामी शीतकालिन अधिवेशनमा जीएसएसएस-द्वारा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ती धर्ना प्रदर्शन गरिने जानकारी दिइएकोछ। समुदायका पक्षबाट उठाइएका मागहरूलाई सबल रूपमा प्रस्तुत गर्न यस कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। विस्तृत मिति र निर्देशिका छिट्टै सार्वजनिक गरिनेछ।जीएसएसएस-ले सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण सदस्य, समर्थक तथा नवगठित समितिका प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। समितिले थप बताएको छ, यदि कसैले हाम्रो संगठनमा सहभागी हुन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नेछ।



Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला