ग्राम पञ्चायत प्रधानहरु सक्रिय र जनहितमा हुनुपर्छ: अनित थापा

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)-का प्रमुख कार्यपाल अनित थापाको मुख्य सक्रियता तथा खण्ड अन्तर्गत पर्ने समष्टिहरुका सभासदगणको विशेष उपस्थितिमा दार्जीलिङ-पुलबजार खण्ड अधिनस्तका सम्पुर्ण ग्राम पञ्चायतका प्रधानहरू अन्य अधिकारीसँग लालकोठीमा बैठक सम्पन्न भयो।
जीटीए प्रमुख कार्यपाल अनित थापाले जानकारी गराए अनुसार, बैठकमा पञ्चायतका विभिन्न समस्याहरू, प्रक्रियाहरू माथि चर्चा भएको तथा बैठक सार्थक भएको आफुहरुले महसुस गरेको थापाले बताएका छन। उनले भनेका छन् ,  मैले उनीहरूसित कुरा गर्दा सानो भन्दा सानो काम पनि पञ्चायतमा भएको हुनु पर्छ भन्ने सोचलाई जोड दिए। हामीले नगण्य ठान्ने काम जनताको निम्ति बहुमूल्य हुनसक्छ। जनताले चुनेर राखे पछि हामीले जनता कै हितको निम्ति कार्य गर्नुपर्छ। खण्ड स्तरमा, ग्राम पञ्चायतमा  भइरहेको कार्यको रिभ्यु गर्न महिनामा एकचोटि सबै पञ्चायत सँग बैठकमा बस्ने सुझाव दिएको छु। रिभ्यु बैठकमा पञ्चायत स्तरमा भई रहेको कामहरूको सही मूल्याङ्कन हुनेछ। यदि काम गर्दा दिशा परिवर्तन गर्नु पर्‍यो भने त्यो पनि गर्नु सकिन्छ।यसका साथमा थापाले पञ्चायत प्रधानहरुलाई प्रधानको पदको जुन मूल्य अनि महत्व छ त्यो अनुसार प्रधानहरू रहेर कार्य गर्ने अपील गरेको बताए।  जथाभावी अनि आफ्नै पोलिसी बनाएर काम गर्नु नहुने निर्देशन दिएको समेत थापाले बताएका छन।
उनले अझै भनेका छन्, पञ्चायतमा प्रधान नै सबैभन्दा शक्तिशाली व्यक्तित्व पनि हुन्। तर शक्तिशाली व्यक्ति अनुशासित अनि कडा पनि हुनुपर्छ। फ्यातुलो भयो भने काम पनि त्यस्तै हुन्छ। पञ्चायत मार्फत नै विकासका गुणात्मक कार्य हुनुपर्छ।अर्कोतिर बैठक निक्कै सकारात्मक भएको तथा ग्राम पञ्चायतमा हुनुपर्ने कामहरूको असुविधाहरुमाथी व्यापक रूपमा चर्चा भएको तथा सबै प्रधानहरुले आफ्नो समस्याहरुलाई बैठकमा उठाएको जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेलले बताएका छन। यसको साथै बैठकले ग्राम पञ्चायतहरुलाई कसरी चलाउन सकिन्छ भन्ने बारेमा उपस्थिति अधिकारीहरुलाई विस्तृत रूपमा बताएको उनले बताए। कृषि सम्बन्धित भएको चर्चाबारेमा बोल्दै पोख्रेलले बैठकमा पहाडका युवावर्गहरु कृषिभन्दा अन्य पेशा रुचाउन थालेको बारेलाई निक्कै गम्भीरतापुर्वक लिएको तथा कसरी युवाहरुलाई कृषिको माध्यमबाट स्वनिर्भर बनाउन सकिन्छ अथवा ग्रामीण स्तरमा यसलाई कसरी अधि लैजान सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको बताए। यस्तो भुमि सम्बन्ध समस्या मुख्यत ग्रामीण भेगमा ठुलो चुनौतीको रूपमा आएको जसमा हालसम्म पनि प्रायःजसो जमीनहरु बाउ-बाजेको नाममा रहेको लहरे पट्टा रहेको जस्ता समस्याहरु बैठकमा उठान गरेको तथा यसको समाधानको निम्ति ग्राम पञ्चायतसंग सहकार्यमा भुमि एव भुमि सुधार विभागले क्याम्प-को आयोजना गर्ने निधो गरिएको पोख्रेलले बताएका छन।
लगभग तीन घण्टासम्म चलेको बैठकमा प्रमुख कार्यपाल थापावाहेक कृषि विभागीय सभासद सतिश पोख्रेल, पर्यटन विभागीय सभासद नोर्देन शेर्पा सगै सभासदहरु भुपेन्द्र छेत्री, सन्दीप छेत्री, योगेन्द्र प्रधान लगायत खण्ड विकास अधिकारी खण्ड भुमि सुधार अधिकार, 23 वटै ग्राम पञ्चायतहरुका प्रधान लगायत सम्बन्धित अधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।



Share this news
आजको रोजाइ
सेन्ट जोहन वर्कमान पल्लीमा वर्तमान पल्लीपिताको बिदाई एवम्‌‍ स्वागत कार्यक्रम

सेन्ट जोहन वर्कमान पल्लीमा वर्तमान पल्लीपिताको बिदाई एवम्‌‍ स्वागत कार्यक्रम

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

सीपीएमका राज्य सचिव मोहम्मद सलीम 31 जुलाईमा दार्जीलिङ आउने

सीपीएमका राज्य सचिव मोहम्मद सलीम 31 जुलाईमा दार्जीलिङ आउने

दार्जीलिङ माटोको मायाद्वारा आयोजित कविता प्रतियोगितामा 6 कवि उत्कृष्ट

दार्जीलिङ माटोको मायाद्वारा आयोजित कविता प्रतियोगितामा 6 कवि उत्कृष्ट

यस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने

यस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टमा नगद राशि बढ़ाइने म्यारथन दौढ़ पुरा गरेका सबै धावकलाई मेडल प्नदान गरेर सम्मान जनाइने

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टमा नगद राशि बढ़ाइने म्यारथन दौढ़ पुरा गरेका सबै धावकलाई मेडल प्नदान गरेर सम्मान जनाइने

खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो

खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो

मुख्यमन्त्रीले बाइकरहरूलाई गराए प्रस्थान

मुख्यमन्त्रीले बाइकरहरूलाई गराए प्रस्थान

मुख्यमन्त्रीद्वारा CMDG र CMEAS चेक वितरण

मुख्यमन्त्रीद्वारा CMDG र CMEAS चेक वितरण

धोतरिया चियाबारीमा सार्वजनिक भवनको उदघाटन

धोतरिया चियाबारीमा सार्वजनिक भवनको उदघाटन

आजको रोजाइ