गोर्खा श्रमिक संगठन सौरेनी मण्डलको सांगठनिक विशेष सभा सम्पन्न

Share this news

गोर्खा श्रमिक संगठन सौरेनी मण्डलको सांगठनिक सभा सौरेनी सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभाको सञ्चालन सुबास मगरले गरेका थिए भने अध्यक्षता केशव छेत्रीले गरेका थिए। सभामा संगठनका अध्यक्ष श्याम तामाङ, उपाध्यक्ष सुकवीर राई, सचिव रोशन सिन्चुरी, सह–सचिव आर.बी. राई तथा कोषाध्यक्ष भाईचुङ सुब्बालगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्थानीय श्रमिकहरू दिनप्रतिदिन कामबाट वञ्चित हुँदै गएको, बाहिरबाट आउने कामदारहरूको बढ्दो संख्याका कारण स्थानीय मजदुरहरूले रोजगारीका अवसर गुमाउँदै गएको तथा धेरै परिवारको जीविकोपार्जनमा समस्या उत्पन्न भएको विषयमा चिन्ता व्यक्त गरे। स्थानीय श्रमिकहरूको हक–हित संरक्षण, रोजगारीको सुनिश्चितता तथा विभिन्न सरकारी सहुलियत प्राप्तिका लागि संगठन स्थापना गरिएको उनीहरूले बताए।
उक्त संगठनमा मिस्त्री, काठ मिस्त्री, हेल्परलगायत विभिन्न श्रम पेशामा आबद्ध व्यक्तिहरू आबद्ध रहेका छन्।

सभामा प्रमुख अतिथिका रूपमा भाजपा सौरेनी मण्डलका सभापति प्रबिन राई, मण्डल महासचिव दिपेश राणा, मण्डल प्रभारी सतिश थापा तथा कोषाध्यक्ष विधान प्रधान उपस्थित थिए। प्रमुख अतिथि प्रविन राईले श्रमिकहरूको हक–हित र समस्याका विषयमा संगठनसँग सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै मण्डल प्रभारी सतिश थापाले श्रम गरेर जीवनयापन गर्ने श्रमिक दाजुभाइहरूको अधिकार संरक्षणका लागि संगठनलाई आवश्यक सहयोग पुर्‍याइने बताए।

उनले श्रम क्षेत्रमा समेत विभिन्न किसिमका अतिक्रमण भइरहेको उल्लेख गर्दै श्रमिकहरूको एकता आवश्यक रहेको धारणा राखे कार्यक्रमको अन्त्यमा संगठनका तर्फबाट उपस्थित सम्पूर्ण सदस्यहरू तथा अतिथिहरूप्रति आभार व्यक्त गरिएको थियो।

Share this news
आजको रोजाइ
विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित यमुना सफाई अभियान

दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित यमुना सफाई अभियान

असम राइफल्सको लोक्रा बटालियनद्वारा अन्तरक्रिया तथा जनसम्पर्क कार्य

असम राइफल्सको लोक्रा बटालियनद्वारा अन्तरक्रिया तथा जनसम्पर्क कार्य

कैलाश मानसरोवर यात्राको लागि तीर्थयात्रीको पहिलो समूह बागडोगरामा

कैलाश मानसरोवर यात्राको लागि तीर्थयात्रीको पहिलो समूह बागडोगरामा

८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि स्वागत समिति गठन

८२औँ बलिदान दिवस र भागोप, असमको ७औँ त्रैवार्षिक अधिवेशनका लागि स्वागत समिति गठन

आजको रोजाइ