GNLF Suke Block memorandum
GNLF Suke Block memorandum

गोरामुमो सुके ब्लक कमिटीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापनपत्र 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सुके ब्लक कमिटीले आज सुके खण्ड विकास अधिकारी (बीडीओ) लाई विभिन्न जनसरोकारका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ। ब्लक कमिटी अध्यक्ष हेमराज सुब्बा र सचिव नर्बु शेर्पाको नेतृत्वमा पुगेको प्रतिनिधि टोलीमा सुके विकास खण्डअन्तर्गतका १६ वटा ग्राम पञ्चायतका प्रतिनिधिहरू सहभागी थिए। ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधि टोलीले क्षेत्रका जनताले पाउनुपर्ने सरकारी विकास योजना, सेवा–सुविधा तथा कल्याणकारी कार्यक्रमहरू प्रभावकारी र पारदर्शी ढंगले कार्यान्वयन हुनुपर्ने माग राखेको थियो। साथै, विकास योजनाको लाभ वास्तविक हकदारसम्म पुग्ने सुनिश्चितता गर्न आवश्यक पहल गर्न खण्ड विकास अधिकारीलाई आग्रह गरिएको थियो।

गोरामुमो सुके ब्लक कमिटीका प्रचार–प्रसार सचिव आर.के. दर्नालका अनुसार प्रतिनिधि टोली र खण्ड विकास अधिकारीबीच विकाससम्बन्धी विविध विषयमा सकारात्मक छलफल भएको थियो। छलफलका क्रममा आगामी दिनमा सरकारले सञ्चालन गर्ने विकास योजनाहरूलाई जनमुखी, पारदर्शी तथा भ्रष्टाचारमुक्त बनाउँदै कार्यान्वयन गर्ने विषयमा विशेष जोड दिइएको उनले बताए। प्रतिनिधि टोलीले सुके विकास खण्डअन्तर्गतका १६ वटै ग्राम पञ्चायतमा भ्रष्टाचारमुक्त वातावरणमा विकासका योजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेको थियो। यस अवसरमा खण्ड विकास अधिकारी र गोरामुमो सुके ब्लक कमिटीबीच जनहितका कार्यहरूलाई प्राथमिकता दिँदै आपसी समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति समेत भएको बताइएको छ। उक्त पहलले सुके ब्लक क्षेत्रको समग्र विकास तथा जनताको हितमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

कृषिमा नवीनता भित्र्याउँदै लिङदिङका उद्यमी कृषक

सिक्किमकी दिलु उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारको लागि छनोट 

सिक्किमकी दिलु उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारको लागि छनोट 

संघर्षको ट्र्याकबाट सुनिताको कीर्तिमानी यात्रा

संघर्षको ट्र्याकबाट सुनिताको कीर्तिमानी यात्रा

गोरामुमो सुके ब्लक कमिटीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापनपत्र 

गोरामुमो सुके ब्लक कमिटीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापनपत्र 

तिला रूपा सापकोटा उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारको लागि छनोट

तिला रूपा सापकोटा उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कारको लागि छनोट

रिम्बिक सेकेन्डेरी विद्यालयका छ जना शिक्षकहरूलाई दिइयो विदाइ

रिम्बिक सेकेन्डेरी विद्यालयका छ जना शिक्षकहरूलाई दिइयो विदाइ

खाडीमा अमेरिकी जहाजमा आक्रमणपछि तीन भारतीय नाविकको मृत्यु भएको पुष्टि

खाडीमा अमेरिकी जहाजमा आक्रमणपछि तीन भारतीय नाविकको मृत्यु भएको पुष्टि

ममता बनर्जीलाई ठूलो धक्का, १९ सांसद र ६५ विधायकले विद्रोह गरे 

ममता बनर्जीलाई ठूलो धक्का, १९ सांसद र ६५ विधायकले विद्रोह गरे 

विधायक संजीत खरेलद्वारा सुबिनखोर मा.वि.मा नयाँ विद्यालयको उद्घाटन

विधायक संजीत खरेलद्वारा सुबिनखोर मा.वि.मा नयाँ विद्यालयको उद्घाटन

पानीघट्टा चिया श्रमिक समस्याबारे त्रिपक्षीय बैठक निष्कर्षविहीन टुंगियो

पानीघट्टा चिया श्रमिक समस्याबारे त्रिपक्षीय बैठक निष्कर्षविहीन टुंगियो

आजको रोजाइ