गाड़ीधुरामा कविता वाचन प्रतियोगिताको छनोट राउण्ड

Share this news

पंखाबारी, (निसं): आगामी 25 अगस्त बलिदान दिवसलाई लक्ष्य गरेर गाड़ीधुरा नवदीप परिवारले आयोजना गरेको “म कवि“ शब्दको द्वन्द्व नेपाली कविता वाचन प्रतियोगिताको पहिलो छनोट राउण्ड शनिवार सम्पन्न भयो। यस छनोट राउण्डमा मोठ सोह्र जना प्रतियोगीहरूले भाग लिएका थिए। गाड़ीधुरा सार्वजनिक भवनमा सम्पन्न छनोट राउण्डको सञ्चालन अनुप रामुदामुले गरेका थिए भने यस राउण्डको निर्णायकहरूमा साहित्यकार सुदर्शन अम्बटे अनि पत्रकार एवम्‌‍ साहित्यकार सुवास छेत्री “भावुक“ थिए। प्रथम चरणको यस छनोट राउण्डबाट मोठ 6 जना प्रतियोगीहरू छनोट भएका छन्‌‍। जसमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू ममता सुब्बा, प्रेरणा दियाली अनि अक्षता पाख्रीन, दुधेकी मान्ती सुनार ,लङ्भ्यूकी इच्छा घतानी अनि पानीघट्टा उच्चतर माध्यमिक विद्यालयकी प्रार्थना यादव छन्‌‍। अब यी 6 जना प्रतियोगीहरूले आगामी 25 अगस्त बलिदान दिवसको दिन यहाँ आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्‌‍ भने तिनीहरूमध्ये तीनजना प्रतियोगीहरूलाई प्रथम, दोस्रो अनि तेस्रो पुरस्कार प्रदान गरिनेछ। प्रथमपल्ट गाडीधुरा नवदीप परिवारको आयोजनामा सम्पन्न भइरहेको यस प्रकारको कार्यक्रमले परिवारको थप गरिमा र महत्व बढेर गएको अनुभव स्थानीयहरूले गरिरहेका छन्‌‍। उक्त दिन यहाँ बलिदान दिवसको कार्यक्रमसँगै सम्मानको कार्यक्रम पनि रहेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न