मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

Share this news

खरसाङ, (निसं): खरसाङको मन्टभियट रोडस्थित क्याम्ब्रिज स्कूल मुनि केही समयदेखि फोहोर-मैला थुपारिने स्थान बनेको छ। यहाँ सड़क किनारको नालीमा फोहोर-मैलाको थुप्रो सधैँ रहने गरेको छ। कुनै समय फोहोर-मैला छरिएर सड़कमा यत्रतत्र फैलिएको अवस्थामा पनि देखिएको छ। छरिएको फोहोर-मैलामा कुहेको जिनिस रहने गरेकोले यो सड़कमा कुद्ने गरेका मोटर बाईक चिप्लिएको पनि देखिएको छ। स्थानीय मानिसहरूले यहाँ ल्याएर फोहोर-मैला थुपार्ने गरेको कतिपयले बताएका छन्‌‍ भने कतिपयले नगरपालिका कर्मचारीहरूले विभिन्न स्थानबाट संकलन गरेर ल्याएका फोहोर-मैला यहाँ राख्ने गरेको पनि बताएका छन्‌‍। यस स्थानमा फोहोर-मैला थुपारिएकोले छेउछाउका मानिसहरू समस्यामा परेका छन्‌‍। छेउछाउका कतिपय मानिसहरूले फोहोर-मैला सड़िएर दुर्गन्ध आउने गरेको पनि बताएका छन्‌‍ भने कतिपयले फोहोर-मैलाको कारण झिंगा घरमा भन्किने गरेको पनि बताएका छन्‌‍। स्मरण गराइन्छ, खरसाङ नगरपालिकाले फोहोर-मैला नगरवासीको घर-आँगनबाट उठाउने कार्य शुरु गरेपछि नगरपालिका क्षेत्रमा रहेका धेरै मैलादनीहरू बन्द गरिएका छन्‌‍ अथवा हटाइएका छन्‌‍। यसो हुँदा कतिपय नगरवासीले आफ्नो घर, दोकान वा होटलमा निस्किएको फोहोर-मैला बिहान नगरपालिका कर्मचारीहरूले उठाएर लाजाउन्‌‍ भनी कुनै स्थानमा राखिदिने गरेका छन्‌‍। यसरी राखिएको फोहोर-मैला नउठाइएको खण्डमा त्यस स्थानमा फोहोर-मैलाको थुप्रो लाग्ने गरेको पाइएको छ। आफ्नो घर, दोकान, होटलबाट निस्किएको फोहोर-मैला बिहान नगरपालिका कर्मचारीलाई दिन पर्ने नगरपालिकाको सुझाउ पनि छ। खरसाङ्को पार्क लोकेशनस्थित सुपर मार्केट नजिक पुरानो मैलादानी रहेको स्थानमा पटक पटक फोहोर-मैलाको डङ्गुर लाग्ने गरेको पाइएको छ भने केही समय यता मन्टिभियट रोडको यस स्थानमा पनि फोहोर-मैलाको थुप्रो लाग्ने गरेको पाइएको छ।

Share this news
आजको रोजाइ
काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

आजको रोजाइ