साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

Share this news

खरसाङ,  (निसं): साहित्यकार एवं समाजसेवी चन्द्र शर्माको बिहीवार अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्नलाई केही समय गोर्खा जनपुस्तकालयको टीएस गुरुङ मञ्चमा राखिएको थियो, जहाँ उनलाई खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकारहरु, समाजसेवीहरु र अन्यले श्रध्दाञ्जली अर्पण गरेका थिए। यसावधि चन्द्र शर्मा विषयमा वरिष्ठ व्यक्तित्वहरुले श्रध्दाञ्जलीको शब्द अर्पण गर्दै वक्तव्य राखेका थिए। यस श्रध्दाञ्जली अर्पण कार्यक्रमलाई गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए।

खरसाङका वरिष्ठ साहित्यकार एंव समाजसेवी चन्द्र शर्माको बुधवार राती 8ः15 बजीतिर निधन भएको छ। उनको 78 वर्षको उमेरमा खरसाङ महकुमा अस्पतालको आईसीयुमा निधन भएको छ। उनी मधुमेह रोगले पीड़ित थिए भने गत शनिवार 13 दिसम्बरको दिन अस्पतालमा उपचारको लागि भर्ना भएका थिए।

साहित्यकार चन्द्र शर्माको भतिज नन्दन शर्माले जानकारी गराए अनुसार चन्द्र शर्मा विष्णुमाया शर्मा फाउण्डेशनको संस्थापक, शिवकुमार राई अकादमीको संस्थापक साथै सचिव, गोर्खा जनपुस्तकालय खरसाङका संरक्षक, साई समिति खरसाङ्को मुख्य सदस्य, आकाशवाणी खरसाङका समाचार वाचक पनि रहेका थिए। उनले विभिन्न पुस्तकहरु सम्पादनको कार्य गरेका छन्‌‍ भने विभिन्न भाषामा रहेका बहुमूल्य पुस्तकहरु पनि अनुवाद गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन