दार्जीलिङ, 22 जुलाई (निस): कालेबुङका धर्म गुरू ग्युर्मे मिफाम रिर्पोछेको नेतृत्वमा कालेबुङको जामगोन कोङ्गत्रुल नेत्र जाँच केन्द्रका नेत्र विशेषज्ञहरूद्वारा रंगली जनकल्याण चेरिटेबल अस्पताल सञ्चालन समिति अनि रंगली छामखाङ संरक्षण संघको संयुक्त प्रयासमा हिजो रंगली जनकल्याण चेचिटेबल अस्पतालमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यस शिविरमा डाक्टर कर्म ग्यात्सो अनि मिङमान गुरूङको विशेष उपस्थिति थियो। उक्त नेत्र जाँच शिविरमा १७३ जना आँखा सम्बन्धित रोगीहरूले आफ्नो आँखा जाँच गराएको जानकारी रंगली जनकल्याण चेरिटेबल अस्पताल सञ्चालन समितिको पक्षमा दिपेन्द्र वान्तवाले दिएका छन्।
