तिमी भएर हो-को लोकार्पण सँगै पाँच स्रष्टाहरूलाई सम्वर्द्धना 

Share this news

दार्जीलिङ,18 नोभेम्बर(निसं): भारतीय नेपाली गीतकार सङ्घको आयोजनामा गजल संग्रह तिमी भएर हो -को लोकार्पण सँगै पाँच स्रष्टाहरूलाई सम्वर्द्धना गरियो।
भारतीय नेपाली गीतकार सङ्घको आयोजनामा आइतबार दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलनको पद्मा देवान रंगशाला भवनमा भव्यताको साथमा गजलको सुरेन गुरुङकृत गजल संग्रह तिमी भएर हो- को लोकार्पण साथै भारतीय नेपाली गीतकार सङ्घका सदस्यहरूले विविध सङ्घसंस्थाबाट पुरस्कार अनि सम्मान ग्रहण गरेवापत ती श्रष्टाहरुमा संघको तर्फबाट सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो।पूर्वार्द्ध अनि उत्तरार्द्धको कार्यक्रममा सबिता संकल्प अनि सञ्जीव थापाद्वारा सञ्चालन गरिएको थियो।उक्त कार्यक्रम भारतीय नेपाली गीतकार सङ्घका अध्यक्ष गणेश थापाको अध्यक्षता अनि सम्वर्द्धित श्रष्टाहरू  क्रमैले चन्द्रमित लक्सम, मेनुका प्रधान, कृष्ण प्रधान, बरुण रसाइली अनि सुकुमार बराईलीको उपस्थितिमा सम्पन्न गरियो।सभाध्यक्षको आसन ग्रहण अनि सम्मानित स्रष्टाहरूलाई आसन ग्रहण एंव माल्यार्पण गरेपछि उपस्थित स्रष्टाहरुको बाहुलीबाट दीप प्रज्वलन गरिएपछि वरिष्ठ गायिका सृजना तामाङ डुम्जनद्वारा सरस्वती बन्दना प्रस्तुत गरियो। गायिका तामाङलाई संघको तर्फबाट  पेम्बा यल्मोको बाहुलीबाट श्रद्धा अर्पण साथै स्मृति चिन्ह प्रदान गरियो। मूल कार्यक्रमको आरम्भ गर्दै सङ्घका  मूल सचिव पुरण गिरीद्वारा स्वागत  सम्बोधन राखियो।
सम्वर्द्धना कार्यक्रमको प्रथम मा हालै सप्तरङ्गी समूहद्वारा गोपाल सुब्बा स्मृति पुरस्कार ग्रहण गरेबापत चन्द्रमीत लक्समलाई सम्वर्द्धना जनाइयो। जसको परिचय अनि सम्मान पत्र  कमला लेप्चाद्वारा पठन गरिएपछि अंग-वस्त्र अनि स्मृति चिन्हलाई भानेगीसंका पूर्व अध्यक्ष अजित बस्नेतको बाहुलीबाट प्रदान गरियो। यसरी नै स्रष्टा नाट्य क्षेत्रमा शिवकुमार राई स्मृति पुरस्कारद्वारा अलंकृत भएबापत मेनुका प्रधानलाई  सम्वर्द्धना गरियो उनको परिचय पठन अमला सुब्बाद्वारा गरिएपछि अंग-वस्त्र, पत्र अनि स्मृति चिन्ह गीतकार केबी गुरुङको बाहुलीबाट प्रदान गरिएपछि हालै भैरव अर्याल पुरस्कारद्वारा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको परिचयलाई  प्रमिता गुरुङद्वारा राखिएपछि शिरशोभा, अंग-वस्त्र, पत्र अनि स्मृति चिन्ह प्रदान  गीतकार जतीश बराईलीद्वारा प्रदान गरियो। यसपछि तीनधारेबाट गोपाल योन्जन संगीत पुरस्कारद्वारा पुरस्कृत स्रष्टा बरूण रसाइलीको परिचयलाई गीतकार जीवन जिम्बाले राखेपछि शिरशोभ़ा अंग-वस्त्र, पत्र अनि स्मृति चिन्हलाई गायक दिवस गुरुङद्वारा प्रदान गरियो अन्त्यमा तीनधारेबाट गोपाल योञ्जन संगीत पुरस्कारद्वारा पुरस्कृत स्रष्टा सुकुमार बराईलीको परिचयलाई
बालकृष्ण थामीद्वारा राखिएपछि शिरशोभा, अंग-वस्त्र, पत्र अनि स्मृति चिन्हलाई गीतकार धीरज राई निशाकरद्वारा प्रदान गरियो।
पूर्वार्द्धको कार्यक्रम समापनपछि उत्तरार्थको कार्यक्रममा भारतीय नेपाली साहित्यमा विविध विधाहरूद्वारा आफ्नो अथक कलमद्वारा टेवा पुर्‍याउँदै आउने साहित्यकार, गजलगो सुरेन गुरुङकृत गजल संग्रह तिमी भएर हो- को उपस्थित स्रष्टाहरुको बाहुलीबाट लोकार्पण गरियो। अध्यक्षद्वारा प्रीति लोकार्पणको घोषणा गरिएपछि कृतिमाथि गहन वक्तव्य राख्दै कवि गजलको साथी प्रकाशक मिलन बान्तवाले गजलको सुरेन गुरुङकृत गजल संग्रह तिमी भएर हो- भित्र भएका गजलहरूको शल्यक्रिया अति नै उत्कृष्ट प्रकारले दर्शकहरु अघि प्रकाश पारे। स्मरण गराइन्छ गजलको सुरेन गुरुङले यसभन्दा अघि आफ्नो रुबाई संग्रह आँखी झ्यालबाट पाठकहरू अघि सार्वजनिक गरिसकेका छन्। मौन साधकको रूपमा रहेर भाषा साहित्यमा सेवा पुर्‍याउँदै आउने सुरेन गुरुङले आफ्नो दोस्रो कृति  सफलतापूर्वक पाठकहरु समक्ष सार्वजनिक गरेका छन्। गजल लेखन मात्र नभएर उनका गजलहरू संगीत बद्ध भइसकेका छन् भने उनका यसै कृतिभित्रका गजललाई अग्रज गायक पवन राई नाम्दुङले गाएर पनि सुनाए। लोकार्पित गजल संग्रहका गजल गो सुरेन गुरुङले आफ्नो वक्तव्यमा न्यानो उपस्थिति दिएर कार्यकर्तालाई सफल तुल्याइदिने आफ्ना सङ्घका सदस्यहरू लगायत आफ्नै विद्यालय गाउँ समाज साथै आफ्ना शुभचिन्तकहरूप्रति अन्तर हृदयबाट आभार प्रकट गर्दै धन्यवाद दिए। यसपछि भारतीय नेपाली गीतकार सङ्घको पक्षबाट संघका स्रष्टा सुरेन गुरुङलाई बधाई टक्र्याउँदै यसै समारोहवीच अध्यक्ष गणेश थापा अनि सचिव पुरण गिरीको बाहुलीबाट दोसल्ला अनि  शिर शोभाद्वारा सम्मान गरिएपछि स्मृति चिन्ह अनि अभिनन्दन-पत्र प्रदान गरियो। यस अभिनन्दन पत्रलाई संघका प्रचारप्रसार सचिव सबिता सङ्कल्पद्वारा पठन गरिएको थियो। समारोहको अन्तिम चरणमा अध्यक्ष सम्बोधनमा समारोह अध्यक्ष गणेश थापाले समारोहमा सम्वर्द्धित श्रष्टाहरूमा बधाई अनि शुभकामना टक्र्याउँदै संघका  सदस्यहरूले यसरी नै भविष्यत यस्तै उत्कृष्ट कार्यहरू गर्दै जाउन् भने शुभकामना टक्राए भने समारोहबीच लोकार्पित स्रष्टा सुरेन गुरुङ कृत गजल संग्रह तिमी भएर हो को लोकार्पण सफलतापूर्वक सम्पन्न भएवापत गजलको साथै सर्जक सुरेन गुरुङलाई साथै उनका परिवार वर्गमा सङ्घको तर्फबाट हार्दिक बधाई टक्राए। कार्यक्रमको अन्तिम चरणमा समारोहमा उपस्थित सम्पूर्ण दर्शकहरूद्वारा साथै अतिथिहरूद्वारा श्रष्टा सुरेन गुरुङ अनि सम्वर्द्धित सदस्यहरूमा श्रद्धा अर्पण अनि सम्मान जनाएको सङ्घले जानकारी गराएकोछ।

Share this news
आजको रोजाइ
काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

आजको रोजाइ