दार्जीलिङ पहाड़मै प्रथमचोटि डोको ट्रेल रन

Share this news

सोनादा, 27 जून (निस):दार्जीलिङ पहाड़मा प्रथमचोटि डोको ट्रेल रन आयोजन हुने भएको छ। बस्तीको एउटा परम्पराको जगेर्ना तथा देशको सिमानामा दैनिक भारी बोकेर देश रक्षा गर्ने सेनाको सम्मान गर्दै उक्त ट्रेल रन गर्न लागेको आयोजक राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। ग्रुपले आज प्रेस भीडियो जारी गर्दै उक्त ट्रेल रन आयोजनको आधिकारिक घोषणा गरेको छ। ग्रुपका मूलसचिव प्रताप राईअनुसार, राजाहट्टा एक्सप्लोर ग्रुपको तत्वावधानमा आगामी 2 नोभेम्बरमा राजाहट्टा खासमल बस्तीमा डोको ट्रेल रन आयोजन हुनेछ। ईको ट्रेल रन धेरै ठाउँमा आयोजन भए तापनि डोको ट्रेल रन भने दार्जीलिङ पहाडमै प्रथमचोटि आयोजन हुन लागिरहेको हो। उनले अझ बताएअनुसार उक्त रनमा भाग लिन चाहने ट्रेल रनरहरुका लागि आजदेखि आधिकारिक रुपमा अनलाइन अनि अफलाइन पञ्जीकरण आरम्भ भएको छ। अनलाइन फारमका लागि क्वीआर कोड साथै लिंक जो एक्सप्लोर ग्रुपको फेसबुक पेज मार्फत उपलब्ध रहेको अनि अफलाइन फारमका लागि आठमाइल बजारस्थित आनन्द छेत्रीको पसल साथै आरजे समीरसित सम्पर्क गर्न सकिनेछ। उनले थप जनाएअनुसार विशेषगरी छिमेकी मुलुक नेपाल, भूटान तथा छिमेकी राज्य सिक्किम, सिलगढी, तराई-डुवर्स तथा टाढा-टाढाका रनरहरुको लागि 50% छुटको साथमा खाने-बस्ने व्यवस्था पनि गरिनेछ । पञ्जीकृत रनरहरुले 1 नोभेम्बर बिहान 9 बजीदेखि अपरान्ह 3 बजी सम्म बीफ नम्बर संकलन गर्नुपर्ने तथा 2 नोभेम्बर बिहान 6 बजी रिपोर्टिङ गरि सक्नुपर्नेछ।मूलसचिव राईअनुसार राजाहट्टा एक्सप्लोर ग्रुप यसै वर्ष मात्र स्थापित सामाजिक संस्था हो। गत पर्यावरण दिवस पालनपछि अब दोस्रो कार्यक्रमको रुपमा डोको ट्रेल रनको आयोजन हुने तथा यसपछि ग्रुपले एकाधिक सामाजिक कार्यहरुसँगै यसप्रकारका कार्यक्रमहरु गर्दै लैजाने उनले बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न