दार्जीलिङ, 19 नोभेम्बर(निसं)): कालेबुङ निवासी गोर्खा भवेश नामक व्यक्तिले केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटरको अर्डरलाई लिएर मनगढ़न्ते कुरा गरेर जनतामा भ्रम फैलाएको, भाजपा र दार्जीलिङका सांसद राजु विष्टलाई धमिल्याउने कुरा गरेको आरोप लगाउँदै हिजो दार्जीलिङ सदर थानामा भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले प्राथमिकी दर्ता गरेको छ। उक्त जानकारी दिँदै भाजपा युवा मोर्चा दार्जीलिङ जिल्लासमिति अध्यक्ष निरज वान्तवा राईले गोर्खा भवेशले सोसियल मिडियामा अफवाह फैलाइरहेको दावी गरे। उनले भने, सोसियल मिडियालाई सकारात्मक रूपमा लिनुपर्छ, तर उनले नकारात्मक प्रकारले लिइरहेको छ।विशेषगरी केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्तिलाई लिएर जारी गरेको अर्डर (पेपर) -सित छेड़छाड़ गरी हिच्चेहरू गल्ती देखाउने काम गरेको आरोपमा उनी विरूद्ध थानामा प्राथमिकी दर्ता गरिएको राईले थप बताए।











