दार्जीलिङ, 2 जुलाई(निसं): दार्जीलिङ नगरपालिका र दार्जीलिङ होटल मालिक संघले सोमबार भिजेको फोहोर र सुक्खा फोहोर छुट्याउने र सार्वजनिक स्थान मा फोहोर नफ्याँक्ने र नथुक्ने राज्य सरकारको निर्देशनको बारेमा जागरूकता फैलाएको देखियो। यो निर्देशन आगामी 1 जुलाईदेखि सम्पूर्ण पहाडहरूमा पालना गर्न आदेश दिइएकोछ, जहाँ उल्लङ्घन गर्नेहरूलाई अबदेखि घटनास्थलमै जरिवाना गरिनेछ। यो पहल उनीहरूले थपेको सरकारी आदेशको पालना गरिएको हो भनी दार्जीलिङ नगरपालिका परियोजना संयोजक, फोहोर व्यवस्थापन, संरक्षण विभागका प्रयास राईले जानकारी गराएका छन्।











