सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

Share this news

दार्जीलिङ, 2  जुलाई (निसं): सडकमा हाँस पौडिने कि धान रोपिने कि गाडी गुड्ने यस प्रकारको गुनासो अघि राख्दै रिम्बिक हाइड्रल प्रोजेक्ट-देखि मानेभन्ज्याङ सम्मको 70 किलोमिटर दुरीमा चल्ने गाडी चालक समूहले सोमबार सडकमा जमेको हिलो तथा पोखरीमा  धान रोप्दै एक जोडा हाँसकालाई पौडी खेलाए। दार्जीलिङ शहरबाट घुम, सुके साथै मानेभञ्ज्याङ हुँदै रिम्बिक जाने सडक, जुन सडकले रिम्बिक क्षेत्र साथै धोत्रे, 10 माइल, गुर्दुम लगायत अन्य स्थानहरूलाई जोड्ने गर्छ। पोखरी बनिएको सडकलाई सोमबार यस क्षेत्रका चालक समूहले सफा गर्दै गाडीहरू चल्ने व्यवस्था गरे पनि यो सडकको अवस्था 99 प्रतिशत नै बिग्रिसकेको चालक विनोद क्षेत्रीले जानकारी गराएका छन्। चालक क्षेत्रीको जानकारी अनुसार, गत 2017 सालसम्म यो सडकलाई रम्माम हाइड्रल प्रोजेक्ट-ले देखरेख गर्दै आइरहेको थियो भने गत 2019 सालमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए)-ले लगभग 19 करोड रुपैयाँको खर्चमा सडक मर्मती गरिएको थियो, तर त्यसपछि आजसम्म यो सडकलाई जीटीए-ले हेर्छ नत रम्माम हाइड्रल प्रोजेक्ट-ले देखरेख गर्छ। छेत्रीले बताए अनुसार, गत 2024 सालमा यस सडकको कतिपय भागहरूमा गएको पहिरोलाई आजसम्म सफा गरिएको छैन, स्थानीय सरकार तथा राज्य अनि केन्द्र सरकारले यो सडकलाई साँच्चै नै माया नै मारेको रहेछ भन्ने क्षेत्रवासीको गुनासो रहेको चालक विनोद छेत्रीले जानकारी गराएका छन् । यस प्रकारको सरकारको अन्देखालाई ध्यानाकर्षण गराउन सोमबार चालक समूहले सडकमा जमेको पोखरीमा धान रोप्ने कार्यक्रम अनि एक जोडी हाँस पौडी खेलाउने  व्याङ्ग्त्मक कार्यक्रम गरियो। क्षेत्रवासी साथै चालकहरू यो सडकको चाँडै मर्मती हुने आशामा रहेको पनि चालक छेत्रीले जानकारी गराए।

Share this news
आजको रोजाइ
शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

दार्जीलिङ अन्तर्गत निम्न छोटा हट्टामा गोरानासं र गोरामुमो प्रशाखा गठन

दार्जीलिङ अन्तर्गत निम्न छोटा हट्टामा गोरानासं र गोरामुमो प्रशाखा गठन

जापानी प्रधानमन्त्री साने ताकाइचीको भारतको पहिलो तीनदिने भ्रमण

जापानी प्रधानमन्त्री साने ताकाइचीको भारतको पहिलो तीनदिने भ्रमण

1 जुलाईदेखि बाटोमा थुक्ने र फोहोर फ्याक्ने लाई जरिवाना   

1 जुलाईदेखि बाटोमा थुक्ने र फोहोर फ्याक्ने लाई जरिवाना   

अमेरिकाको सहज जित, बोस्निया-हर्जेगोभिनालाई ३-१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

अमेरिकाको सहज जित, बोस्निया-हर्जेगोभिनालाई ३-१ ले हराउँदै अन्तिम १६ मा प्रवेश

६ इन्च घटाइदिने” जस्तो ज्यान मार्ने धम्की दिइनु धेरै गम्भीर र चिन्ताजनक

६ इन्च घटाइदिने” जस्तो ज्यान मार्ने धम्की दिइनु धेरै गम्भीर र चिन्ताजनक

बेल्जियमको सेनेगललाई अतिरिक्त समयमा ३-२ ले हराउँदै अन्तिम १६ मा प्रवेश

बेल्जियमको सेनेगललाई अतिरिक्त समयमा ३-२ ले हराउँदै अन्तिम १६ मा प्रवेश

आजको रोजाइ