साङसे सिन्कोना विभागका श्रमिकहरूलाई वर्षायामको लागि छाता वितरण

Share this news

गोर्खा जनमुक्ति मोर्चाले सिन्कोना श्रमिकमैत्री अभियान अन्तर्गत आज केन्द्रीय अध्यक्ष श्रीमान बिमल गुरुङको विशेष उपस्थिति साथै ३९ नम्बर समष्टि संयोजक श्री अर्जुन छेत्री (अशोक) को सहयोगमा ३९ नम्बर समष्टि अन्तर्गत साङसे सिन्कोना विभागका सम्पूर्ण खटिखाने श्रमिकहरूलाई वर्षायामलाई मध्यनजर गर्दै छाता वितरण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै श्री अर्जुन छेत्री (अशोक)ले गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट वर्खायाममा यसपटक छाता वितरण गर्दै गोर्खा जनमुक्ति मोर्चा संधै श्रमिक वर्गको सुख-दुःखमा साथमा उभिने पार्टी भएकै कारण उहाँले आगामी वर्ष श्रमिकहरूको सुविधाका लागि छातासँगै गमबुट र हाथमा लगाउने पञ्जा समेत उपलब्ध गराइने तथा अन्य विभागका श्रमिकहरूलाई पनि समय मिलाएर यस्ता आवश्यक सामग्री वितरण गरिने जानकारी दिनुभयो।

यस अवसरमा गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्षले पार्टी सदैव श्रमिकहरूको हितको निम्ति अघि आएर काम गर्ने बिगतमा सिन्कोना श्रमिकहरूको धेरै समस्याको समाधान आफ्नो पालोमा गरेको स्मरण गराउँदै भविष्यमा पनि यसरी नै श्रमिक हितको निम्ति काम गर्ने भनेका छन्।

गोर्खा जनमुक्ति मोर्चा केवल एउटा राजनीतिक पार्टी मात्र नभई पहाड, तराई र डुवर्सका श्रमिक, मजदुर तथा आम जनताको आवाज बोकेको क्षेत्रीय शक्ति हो। श्रमिकहरूको हक, अधिकार र सम्मानको संरक्षण गर्दै उनीहरूको जीवनस्तर बलियो बनाउन पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

यसभन्दा अघि दोस्रो पटक कास्योम मस्टर गन्तिमा गोर्खा जनमुक्ति मोर्चाको जनमुखी तथा श्रमिकमैत्री अभियानअन्तर्गत हाईवे-१० तथा ३९ नं. समष्टि संयोजक श्री अर्जुन छेत्री (अशोक) र पञ्चायत समिति सदस्य श्री लाक्पा शेर्पाको विशेष पहलमा कास्योम विभागका सम्पूर्ण खटिखाने श्रमिकहरूलाई वर्षायामलाई मध्यनजर गर्दै छाता वितरण गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै श्री अर्जुन छेत्री (अशोक)ले गोर्खा जनमुक्ति मोर्चा सधैं श्रमिक वर्गको सुख-दुःखमा साथमा उभिने पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले आगामी वर्ष श्रमिकहरूको सुविधाका लागि छातासँगै गमबुट र ह्यान्ड ग्लोभ्ससमेत उपलब्ध गराइने तथा अन्य विभागका श्रमिकहरूलाई पनि समय मिलाएर यस्ता आवश्यक सामग्री वितरण गरिने जानकारी दिनुभयो।

गोर्खा जनमुक्ति मोर्चा केवल एउटा राजनीतिक पार्टी मात्र नभई पहाड, तराई र डुवर्सका श्रमिक, मजदुर तथा आम जनताको आवाज बोकेको क्षेत्रीय शक्ति हो। श्रमिकहरूको हक, अधिकार र सम्मानको संरक्षण गर्दै उनीहरूको जीवनस्तर बलियो बनाउन पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता पुनः दोहोर्याइएको छ। यस अवसरमा हालै गठन भएका युनियनका विभिन्न शाखा समितिका प्रतिनिधिहरूसँग परिचय आदानप्रदान भयो। साथै उपस्थित श्रमिकहरूले गोर्खा जनमुक्ति मोर्चाले निरन्तर रूपमा श्रमिकहरूको हित, अधिकार र आधारभूत आवश्यकताप्रति देखाएको संवेदनशीलता तथा प्रतिबद्धताको प्रशंसा गर्दै पार्टीप्रति आफ्नो विश्वास अझ मजबुत बनेको बताएका छन्।

Share this news
आजको रोजाइ
इबोलाको कारण अमेरिकाले कङ्गोमा हुने नागरिकलाई स्वदेश फर्किन नदिने

इबोलाको कारण अमेरिकाले कङ्गोमा हुने नागरिकलाई स्वदेश फर्किन नदिने

अनिल मेनन पहिलो अन्तरिक्ष यात्रामा प्रस्थान गर्दै, 8 महिना अनुसन्धान गर्ने

अनिल मेनन पहिलो अन्तरिक्ष यात्रामा प्रस्थान गर्दै, 8 महिना अनुसन्धान गर्ने

राज्य प्रहरीमा परिवर्तन, सुप्रतिम सरकारलाई एडीजी सीआईडीबाट हटाइयो

राज्य प्रहरीमा परिवर्तन, सुप्रतिम सरकारलाई एडीजी सीआईडीबाट हटाइयो

साङसे सिन्कोना विभागका श्रमिकहरूलाई वर्षायामको लागि छाता वितरण

साङसे सिन्कोना विभागका श्रमिकहरूलाई वर्षायामको लागि छाता वितरण

जोर्डन ब्राउन को हुन् ? नेपाल सीमा हिरासतपछि के जानकारी छ ?

जोर्डन ब्राउन को हुन् ? नेपाल सीमा हिरासतपछि के जानकारी छ ?

के ट्रम्पको होर्मुज टोलले भारतमा कच्चा तेल-पेट्रोल महँगो पार्नेछ ?

के ट्रम्पको होर्मुज टोलले भारतमा कच्चा तेल-पेट्रोल महँगो पार्नेछ ?

वाङचुकको स्वास्थ्य अवस्था चिन्ताजनक, भोक हड्ताल अन्त्य गर्न अपील

वाङचुकको स्वास्थ्य अवस्था चिन्ताजनक, भोक हड्ताल अन्त्य गर्न अपील

आलिया भट्टले गरिन् ‘टुम्बाड २’ मा अभिनय गर्ने आधिकारिक घोषणा

आलिया भट्टले गरिन् ‘टुम्बाड २’ मा अभिनय गर्ने आधिकारिक घोषणा

उर्मिला घिसिङ स्मृति साहित्य सम्मान लेखिका मातृका गजमेरलाई प्रदान गरिने

उर्मिला घिसिङ स्मृति साहित्य सम्मान लेखिका मातृका गजमेरलाई प्रदान गरिने

व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

आजको रोजाइ