दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन बिजीपीएम भातृ सङ्गठनमा परिणत 

Share this news

दार्जीलिङ, 16 जुलाई(निसं): दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बिजीपीएम)-को भातृ सङ्गठनमा परिणत भयो।
संगठन अध्यक्ष एलन छेत्रीले अनित थापाको नेतृत्वमा समस्या समाधान हुने आशा राख्दै दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बिजीपीएम)- को भातृ सङ्गठन बनेको घोषणा गरे। सङ्गठनका अध्यक्ष एलन छेत्रीले यसको घोषणा गर्दै बिजीपीएम अध्यक्ष अनित थापाको नेतृत्वमा नै उनीहरूको समस्याको समाधान सम्भव छ भन्ने विश्वास व्यक्त गरे। छेत्रीले नगरपालिकामा पहिले दुई युनियनहरू सञ्चालनमा रहेको तर अहिले ती दुवै एकीकृत भएको बताए। उनले दार्जीलिङ्ग नगरपालिकामा दैनिक मजदुरी, भविष्य निधि (पिएफ), पेन्सन लगायत धेरै गम्भीर समस्या रहेको पनि जनाए। यति ठूला र धेरै समस्याहरूको समाधान कहाँ गएर खोज्ने? भन्दै छेत्रीले सङ्गठनका विभिन्न बैठकहरूमा यो विषयमा गहिरिएर छलफल गरिएको र निष्कर्षमा बिजीपीएम अध्यक्ष अनित थापाको नेतृत्वबाट मात्रै समाधान सम्भव देखिएको बताए। उनले भने, जसरी अनित थापाले अरूको गुनासो सुनेर समाधान निकाल्ने गर्छन्, उनी बाहेक अरू ठाउँमा हाम्रो समस्याको समाधान छैन भन्ने निष्कर्षमा पुग्यौं।
छेत्रीले हिजो मात्र थापासँग भेट भएको र उनले उनीहरूको समस्या सुनेको जानकारी दिए। उनका अनुसार थापाले समस्याको समाधान तुरुन्तै नहुने, समय लाग्ने तर पक्कै समाधान हुनेछ भन्ने व्यावहारिक र सकारात्मक सुझाव दिएका छ। उनले ढाँटेर कुनै आश्वासन दिएनन्  उनले बने, ‘म जहाँ कर्मचारीहरुको समस्या लगेर जान्छु, त्यहाँ समस्याको पक्का समाधान निस्कनेछ’, छेत्रीले थापाका कुरा उद्धृत गरे।
यही विश्वास र आशाको आधारमा नै सङ्गठनले बिजीपीएम-सँग भातृत्व सम्बन्ध जोड्ने निर्णय गरेको छेत्रीले जनाए। उनले भने, हामीलाई धेरै आशा लागेको छ अनि अनित दाज्यू माथि विश्वास गरेर आज देखि सङ्गठन बिजीपीएमको भातृ सङ्गठन बनेको छ।यस सम्बन्धमा बिजीपीएम अध्यक्ष अनित थापाले पनि दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनलाई पार्टीमा स्वागत जनाए।



Share this news
आजको रोजाइ
खरसाङको द ग्रेस इभाञ्जलिकल चर्चद्वारा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य

खरसाङको द ग्रेस इभाञ्जलिकल चर्चद्वारा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य

ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

ट्रीट लाइट नबलेकोले मानिसहरू अझ पनि समस्यामा

तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

भक्टोरियाका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव

भक्टोरियाका विद्यार्थीहरूको सहभागितामा वन महोत्सव

भक्तजनको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा

भक्तजनको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा

सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूद्वारा सफाई कार्यक्रम

सद्भावना सोशल वेलफेयर सोसाइटीका सदस्यहरूद्वारा सफाई कार्यक्रम

सरस्वती शेर्पाको नाटक ‘‘मातृत्व’’को लोकार्पण

सरस्वती शेर्पाको नाटक ‘‘मातृत्व’’को लोकार्पण

मुख्यमन्त्री गोले र विधायक पन्थप्रति आभार प्रकट

मुख्यमन्त्री गोले र विधायक पन्थप्रति आभार प्रकट

सिक्किमका राज्यपाल माथुरसङ्ग मोथेको भेट्घाट

सिक्किमका राज्यपाल माथुरसङ्ग मोथेको भेट्घाट

फाराबारी प्रा. पाठशालामा “बन महोत्सव” आयोजित

फाराबारी प्रा. पाठशालामा “बन महोत्सव” आयोजित

आजको रोजाइ