अगस्ट २० हाम्रो भाषिक पहिचानको इतिहासमा एक ऐतिहासिक दिनका रूपमा अंकित छ। यसै दिन १९९२ मा हाम्रो मातृभाषा भारतको संविधानको आठौं अनुसूचीमा “नेपाली (गोर्खा भाषा)” का रूपमा मान्यता प्राप्त भयो। यो कुनै सामान्य शब्दको समावेश थिएन, बरु भारतीय गोर्खाहरूको विशेष स्थानलाई मान्यता दिने एउटा संवैधानिक निर्णय थियो जसलाई सम्भव बनाए हाम्रो अमर नेता अतुल्य सुबास घिसिङको दूरदृष्टि र संघर्षले प्राप्त भएको विधायक निरज जिम्बाले ठोकुवा गरेका छन्।
जिम्बाको भनाइ अनुसार आप्पा सुवास घिसिङले भाषिक भ्रमको खतरालाई बुझेका थिए। त्यसैले उनले संविधानमा नेपालीसँगै गोर्खा भाषालाई पनि समेट्नुपर्ने अडान लिए, ताकि भारतीय गोर्खाहरूलाई आफ्नै भाषाको कारण “विदेशी” भनेर कहिल्यै नथपियोस्। उनको यस दूरदृष्टिलाई संसदमा त्यसबेला गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सांसद इन्द्रजीत (खुल्लर) ले सशक्त आवाज दिएर अघि बढाए, जसको योगदानले अन्ततः गोर्खा भाषालाई संविधानमा दर्ज गरिएको थियो।
