खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 13 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको आठौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको आठौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि आईटीआई टुङ्माझ सम्पन्न भयो। यस टुर्नामेन्टमा युकेएफसीका खेलाड़ीहरूको दबाव खेलको अवधिभर देखियो। आईटीआई टुङ्का खेलाड़ीहरूले खेलमा वापसी गर्ने सक्दो प्रयास गरे तापनि असर्थ बने, तिनीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस प्रकार यो खेल युकेएफसीले शुन्यको विरुद्ध 6 गोलले जितेको छ। युकेएफसीका क्याप्टन जर्सी नम्बर 6 रुस्तम प्रधानले 3 गोल गरे भने जर्सी नम्बर 10 पंकज थापाले 1 जर्सी नम्बर 8 रोहित तामाङले 1 अनि जर्सी नम्बर 7 नयन तामाङले 1 गोल गरे। दोस्रो खेल च्याम्पियन डिविजन अन्तर्गत सन्तमेरिज एफसी अनि खरसाङ स्पोर्टिङ क्लबमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले आफ्नो खेलको असल प्रदर्शन गर्दै खेले। फलस्वरुप सन्तमेरिज एफसीका खेलाड़ीहरू 2 गोल गर्न सफल भए भने खरसाङ स्टोर्टिङ क्लबका खेलाड़ीहरूले 5 गोल छिराए। यो खेलमा खरसाङ स्पोर्टिङ क्लबले सन्तमेरिज एफसीलाई 2 गोलको विरुद्ध 5 गोल गरेर जितेको छ। यस खेलमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ी जर्सी नम्बर 14 कुमार मंग्रातीले 1 गोल, जर्सी नम्बर 17 आकाश रोकाले 2 गोल, जर्सी नम्बर 9 राकेश तामाङले 1 गोल अनि जर्सी नम्बर 21 अभिषेक तामाङले 1 गोल गरेका थिए। यसै गरी सन्तमेरिज एफसीका खेलाड़ी जर्सी नम्बर 11 अमु शेर्पाले 1 गोल अनि जर्सी नम्बर 9 रोमेल छेत्रीले 1 गोल गरेका थिए। आइतवार आठौँ दिनको खेलको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका रेफरीहरू नितेश देवान, अरविन्द छेत्री, रेवीका प्रधान, सलमा राईले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट

खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ

अरू समाचार उपलब्ध छैन

खरसाङ सुपर लीग 2025 मा युकेएफसी र खरसाङ स्पोर्टिङ क्लब विजय

खरसाङ, 13 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको आठौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको आठौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत युकेएफसी अनि आईटीआई टुङ्माझ सम्पन्न भयो। यस टुर्नामेन्टमा युकेएफसीका खेलाड़ीहरूको दबाव

Read More »

तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व. ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व. दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम

Read More »

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट

खरसाङ, 12 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा एवं खेल मामिला विभाग, जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको सातौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा अवस्थित गोथल्स मेमोरियलय स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको सातौँ दिनको खेल शिनिवार प्रिमियर

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन