
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार


● खेलकुद समाचार

कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो

लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

ललितपुर सिटीको अपराजित यात्रा

कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो
कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो । गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए । प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए । अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे । गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।

लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई

ललितपुर सिटीको अपराजित यात्रा
काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल)

कोलकातालाई हराएपछि गुजरात शीर्षमा बलियो
कोलकाता — कप्तान शुभमन गिलको प्रभावशाली इनिङ्सप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित पाएको छ । यससँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो । गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन

लिजेन्डरी फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
काठमाडौँ — ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी केहीबेर अघि काठमाडौं विमानस्थलमा उत्रिएका हुन् । विमानस्थलमा उनलाई तामझामसहित सम्मान पनि गरिएको छ । काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि

ललितपुर सिटीको अपराजित यात्रा
काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ ।
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन