विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

Share this news

लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग के उनी यहाँ अन्तिमपल्ट खेल्नेछन् भनी प्रश्न गरियो। यस २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियनले पनि पुरानै सुरमा जवाफ दिए। सर्बियाका खेलाड़ीले भने, के यो मेरो अन्तिम ग्राण्ड स्ल्याम टुर्नामेण्ट हुनसक्छ ? यसबारे म अहिले नै केही ठोकुवा त गर्न सक्दिनँ। म आउँदो साल फ्रेञ्च ओपन या अन्य कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टमा भाग लिनेछु या छुइनँ भन्ने कुरालाई लिएर म निश्चित छुइनँ।

जोकोविचले भने, मेरो इच्छा त अझ धेरै सालसम्म खेल्ने रहेको छ। यसको निम्ति म शारीरिक र मानसिक रूपले शत प्रतिशत फिट रहन चाहन्छु। यही मेरो लक्ष्य हो तर उमेरको यस मोड़मा म भविष्यलाई लिएर कुनै दावी गर्न सक्दिनँ। यसको साथमा जोकोविचले अल इङ्ग्ल्याण्ड क्लबले उनलाई अझ एउटा ग्राण्ड स्ल्याम एकल खिताब जित्ने असल अवसर प्रदान गर्ने पनि स्वीकार गरे। यस्तो गर्न सफल भए उनको ग्राण्ड स्ल्याम एकल खिताब २५ पुग्नेछ। यो एउटा यस्तो सङ्ख्या हो, जसलाई अहिलेसम्म कुनै पनि खेलाड़ीले हासिल गर्न सकेका छैनन् । विम्बल्डनमा सातपल्टका च्याम्पियन जोकोविचले भने, विम्बल्डन एकपल्ट फेरि च्याम्पियन बन्ने मेरो निम्ति असल मौका साबित हुने कुरासँग म सहमत छु। यो परिस्थितिहरूमाथि पनि निर्भर गर्नेछ तर अहिले म धेरै असल अनुभव गरिरहेको छु। जोकोविचले मङ्गलवार पुरुष एकलको पहिलो राउण्डमा एलेक्जेण्डर मुलरको सामना गर्नेछन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन