महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता

Share this news

खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व धर्मे तामाङ, स्व राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोडीले जितेको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न दुई दिवसीय क्यारम प्रतियोगिता 28 जून शनिबारदेखि शुरु भएको थियो भने 29 जूनको दिन दुवै वर्गको सेमी फाइनल र फाइनल खेल सम्पन्न भएको थियो। पहिलो सेमी फाइनल खेलमा प्रभास थापा र विकास छेत्रीको‌ जोडीलाई विपन आले र अभिषेक गोयलको जोडीले जितेर फाइनलमा प्रवेश गरेका थिए। दोस्रो सेमी फाइनलमा ललित सेवा र प्रमीर राईको जोडीले जितेर फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेलमा विपन आले र अभिषेक गोयलको जोडीलाई ललित सेवा र प्रमीर राईको जोडीले 20-23 को अन्तरले जितेर स्व धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको‌ डबल्सको उपाधि जितेको छ। त्यसरी नै सिंगलमा ललित सेवाले गत वर्षको च्याम्पियन नकुल छेत्रीलाई पराजित गरेर उपाधि जितेका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन