बुमराहमाथि अधिक निर्भर रहनु सही होइनः अजहरुद्दीन

Share this news

हैदराबाद, २९ जूनः पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले बताएअनुसार, भारतले आफ्नो बलिङ्ङ्ग आक्रमणमा अझ अधिक अनुभव जोड्नको साथै पेस बलर जसप्रीत बुमराहमाथि रहेको दबाउ कम्ती गर्न इङ्ग्ल्याण्डविरुद्ध एजबेस्टन टेस्ट म्याचमा देब्रे हातका स्पिनर कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारतले लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ५ विकेटले हारको सामना गर्नु परेको थियो। म्याचमा भारतीय टोलीलाई बुमराहमाथि विकेटको निम्ति अधिक निर्भर रहेको देखियो। अजहरुद्दीनले भने, भारतलाई बुमराहमाथि अधिक निर्भर रहेको देखियो, जुन सही होइन। यो सजिलो छैन कारण तपाईंलाई अधिक अनुभवी बलरहरूको आवश्यकता पर्नेछ। उनीहरूले कुलदीप यादवलाई खेलाउनु पर्नेछ। भारत र इङ्ग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ जुलाईदेखि बर्मिङ्ङ्घममा शुरु हुनेछ। दोस्रो टेस्टको पीच सुक्खा रहनेछ आशा छ, जहाँ कुलदीपले अतिरिक्त सहायता

पाउन सक्छन् । यसअघि पहिलो टेस्ट म्याचमा भारतीय टोलीले पाँचवटा शतक बनाएर पनि हारको सामना गर्नु परेको थियो। म्याचको दुवै इनिङ्ग्समा मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूको निराशाजनक प्रदर्शनले गर्दा भारतले ठूलो स्कोर बनाउन सकेको थिएन। अजहरुद्दीनले लीड्सको हारबाट शिक्षा लिंदै सही टोली संयोजन बनाउने सल्लाह दिएका छन्। उनले भने, हामी ब्याटरहरूका खराब प्रदर्शनले गर्दा हा तर अब सही खेलाड़ीहरू चयन गर्नु जरूरी छ अनि बलरहरू पनि सही हुनु पर्नेछ। अजहरुद्दीनले कप्तान शुभमन गिलको समर्थन गर्दै आफ्नो क्षमता साबित गर्न उनलाई पर्याप्त समय दिने आवश्यकता रहेको बताए। उनले भने, कप्तानको रूपमा यो गिलको पहिलो म्याच थियो। यसैकारण हामी उनको कप्तानीको आलोचना गर्न सक्दैनौं। कप्तानीबारे कुरा गर्नु सही हुनेछैन। उनलाई पर्याप्त समय दिनु पर्नेछ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन