खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

घैयाबारीमा नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ भीड़न्त हुने

तीनधारे,  (निसं): घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ उपाधिको लागि भीड़न्त हुने भएको छ। शनिवार भएको दोस्रो सेमी फाइनल खेल मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ खेल सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा कुनै गोल भएन अनि गोलरहित पहिलो हाफको खेल सकिएको थियो। दोस्रो हाफको खेलमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर 10 प्रणय राईले गोल गरेर बढ़त बनाएका थिए। दोस्रो हाफको खेल समाप्त हुने समयमा मिक्स अप बोइज खरसाङ्को तर्फबाट जर्सी नम्बर 10 ले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म खेल 1-1 गोलमा बराबरीमा समाप्त भएपछि परिणाम पेनाल्टी सुट आउटमा प्राप्त भएको थियो। यस पेनाल्टी सुट आउटमा रोयल एफसीको तर्फबाट 3 गोल अनि मिक्स अप बोइज खरसाङ्को तर्फबाट 4 गोल गरिएको थियो। यस पेनाल्टी सुट आउटमा मिक्स अप बोइज खरसाङले 4-3 को अन्तरले जितेर फाइनलमा प्रवेश गरेको छ। अब आगामी 1 फरवरीमा हुने फाइनलमा मिक्स अप बोइज खरसाङ्को उपाधिको लागि नयाँ कमान एफसीसित हुनेछ।नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत 3 जनवरीदेखि भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रवार पहिलो सेमी फाइनल म्याच सम्पन्न भएको छ। उक्त म्याच नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न भएको छ। यस पहिलो सेमी फाइनल म्याचको पहिलो हाफको शुरुमा नै नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले गोल गरेर बढ़त बनाएका थिए। त्यसको लगत्तै फेरि पनि नयाँ कमान एफसीको तर्फबाट नै जर्सी नम्बर 6 बीरेन प्रधानले नै थप गोल गरेर म्याच 2-0 को बढ़त बनाएका थिए। पहिलो हाफको खेल 2-0 को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको म्याचमा दुवै टिमले गोल गर्ने निरन्तर प्रयास गरे पनि गोल हुन सकेन। चाँद एफसीको तर्फबाट दोस्रो हाफको खेलमा टाडाबाट हिर्काएको बल पोसमा लागेर फर्किएको थियो भने नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर 6 बीरेन प्रधानले हिर्काएको बल पोसमा लागेर भूईंमा ठोक्किएर फर्किएको थियो। दोस्रो हाफको निर्धारित समयमा नयाँ कमान एफसीले 2-0 को अन्तरले म्याच जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस म्याचमा नयाँ कमान एफसीको जर्सी नम्बर 6 बीरेन प्रधानलाई म्यान अफ्‌‍ द म्याच घोषित गरिएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन सम्पन्न हुने भएको छ। यस खेलमा मुख्य अतिथिको रुपमा प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रुपमा नारायण थापा, नरेन्द्र राई, उमेश प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार घैयाबारी स्पोर्टस्‌‍ वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले सहभागिता जनाएका छन्‌‍ अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ़ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

New Kaman FC is the first team to reach the cash money football finals

नयाँ कमान एफसी नगदराशि फुटबल फाइनल पुग्ने पहिलो टिम

नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत 3 जनवरीदेखि भईरहेको नगदराशि

T20 विश्वकप 2026 मा बांग्लादेशको बदली स्कटल्याण्ड आउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले भारतमा आयोजना हुने T20 विश्वकप 2026 मा बांग्लादेशको सहभागिताबारे कडा चेतावनी दिएको छ। बांग्लादेश क्रिकेट बोर्ड (BCB) ले सुरक्षा कारण देखाउँदै भारतमा टोली पठाउने विषयमा

अरू समाचार उपलब्ध छैन

घैयाबारीमा नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ भीड़न्त हुने

तीनधारे,  (निसं): घैयाबारीमा भइरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ उपाधिको लागि भीड़न्त हुने भएको छ। शनिवार भएको दोस्रो सेमी फाइनल खेल मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ खेल सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा कुनै गोल भएन अनि गोलरहित पहिलो हाफको

Read More »
New Kaman FC is the first team to reach the cash money football finals

नयाँ कमान एफसी नगदराशि फुटबल फाइनल पुग्ने पहिलो टिम

नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत 3 जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज पहिलो सेमी फाइनल म्याच सम्पन्न भएको छ। उक्त म्याच नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न

Read More »

T20 विश्वकप 2026 मा बांग्लादेशको बदली स्कटल्याण्ड आउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले भारतमा आयोजना हुने T20 विश्वकप 2026 मा बांग्लादेशको सहभागिताबारे कडा चेतावनी दिएको छ। बांग्लादेश क्रिकेट बोर्ड (BCB) ले सुरक्षा कारण देखाउँदै भारतमा टोली पठाउने विषयमा आपत्ति जनाएपछि यो विवाद सुरु भएको हो। बांग्लादेश सरकारले पनि टोलीको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै वैकल्पिक स्थलको माग गरेको थियो,

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन