दार्जीलिङ,21 दिसम्बर(निसं): देशको संसद भवनमा चलिरहेको शीतकालिन सत्रमा गत दिन दार्जीलिङको सांसद राजु विष्टले एब्जर्भ एरिया एक्ट-को विषयमा संसदमा राखेको विषयलाई गोर्खा राष्ट्रिय कांग्रेस(गोराकां) अध्यक्ष भरत दोङले स्वागत जनाएका छन्।
तथापि दोङले सांसद विष्टले एब्जर्भ एरिया एक्ट सम्बन्धी संसदमा जुन कुरा राख्नु पर्ने ती कुराहरु नराखेको जनाए। उनले भनेका छन्, दार्जीलिङको भूभागलाई सन् 1954 सालमा एउटा कानून स्थापित गरेर एब्जर्भ एरिया एक्ट मार्फत बंगालमा राखिएको थियो।किनभने, देश स्वतन्त्र भएपछि यस ठाँउलाई छाडेर जाँदा अङ्ग्रेजहरुले दार्जीलिङको भूभागबारे कुनै पदक्षेप लिइएन्। सरल तरिकाले हेर्ने होभने पनि अङ्ग्रेजहरुले स्वास्थ्य लाभको निम्ति लिएको सिक्किमको भूभाग दार्जीलिङलाई अङ्ग्रेजहरुले छाडेपछि सिक्किमसँग गाभिनु पर्ने हो तर तेसो हुन सकेन जसको कारण एब्जर्भ एरिया एक्ट मार्फत दार्जीलिङको भूभागलाई पश्चिम बंगालसँग टँसाएर राखियो। उनले भने
अनि यो एब्जर्भ एरिया एक्ट भारतीय जनता पार्टीको सरकारले गत 2018 साल मा नै रिपिल गरिसकेको छ ।
गोराकांले बारम्बार यसै विषयलाई उठाउदै आईरह्यौ तर कसैले पनि गम्भीरतापूर्वक हाम्रो कुराहरुलाई लिइएन ।आज कानूनी रुपमा हेर्ने हो भने दार्जीलिङको भूभाग ‘न्यू ट्रल ‘ स्थितिमा छ यस्तो स्थितिमा केन्द्र सरकारले यथाशीघ्र यो भू-भागलाई टुङ्गो लाउनु पर्नेहुन्छ ।
इतिहास दस्तावेज साथै सत्य तथ्यको आधारमा यो भूभाग सिक्किमको हो सिक्किमले दार्जीलिङको कर खाएको जुन दस्तावेज छ यसको यो नै पोख्त प्रमाण हुन। सन् 1954 देखि गत 2018 सालसम्म रिपिल हुन नसकेको एब्जर्भ एरिया एक्ट-लाई भाजपको सरकारले गत 2018 सालमा रिपिल गरिदियो ।
अनि दार्जीलिङको सांसद राजु विष्टले पनि अन्तमा आएर एब्जर्भ एरिया एक्ट-को सन्दर्भलाई सदनमा राखे तरैपनि उनले संसदलाई दार्जीलिङको भूभागको ऐेतेहासिक पृष्ठभूमि माथि अवगत गराएनन्। यँहाका जनताको चेतना खोलिए दार्जीलिङ-सिक्किम एकिकरण हुन धेरै समय लाग्दैन, दोङले थपे।










