बाल विकास अरम्भ गर्ने ती सचेत र शिक्षित युवतीहरू धन्य हुन्‌ः सभासद्‌‍

Share this news

खरसाङ,  (निसं)ः आज खरसाङ नगरपालिको वार्ड नम्बर 7 स्थित लोवर शेर्पा बस्तीमा सर्वोदय संध भवनमा शनिवारदेखि बालविकास कक्षा आरम्भ गरिएको छ। सर्वोदय सङ्घका शिक्षित युवतीहरूको समहूले गाउँका बाल-बालिकाहरूलाई सुमार्गमा डोऱ्याउने उद्देश्यले उक्त बालविकास कक्षा खरसाङ साई समितिको सहयोगमा आरम्भ गरेको हो। शनिवार बालबाकिस कक्षा आरम्भ मुख्य अतिथि खरसाङ चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाको बहुलीबाट दियो बालेर गरियो। उक्त कार्यक्रममा बाल-बालिकाहरूको साथमा अभिभावक अनि गाउँका वरिष्ठ नागरिकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा खरसाङ साई समितिबाट गुरुमा जयन्ती आले, गीता प्रधान अनि राखी प्रधानले बालविकास कक्ष कसरी सञ्चालन गरिन्छ भनी प्रशिक्षण प्रदान गरे। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै सभासद्‌‍ श्याम शेर्पाले सर्वोदय सङ्घका ती सचेत र शिक्षित युवतीहरूप्रति आभार प्रकट गरे, जसको सोचले लोवर शेर्पा बस्तीमा बालविकास कक्षाको शुरुआत भयो भनी बताउदै तिनले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण गाउँवासीलाई पनि धन्यवाद दिए। सभासद्ले बालविकास सञ्चालन गर्नुको निम्ति कुनै सहयोगको अवश्कता परे सदैव सहयोग गरिदिने वचन दिए। उक्त कार्यक्रममा वरिष्ठ नागरिक पासाङ लामा अनि फुरलमू शेर्पाले पनि वक्तव्य राखेका थिए, कार्यक्रमलाई सुचारु ढङ्गमा आयोजना गर्नको निम्ति नम्रता खातीले सहयोग पुऱ्याएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न