बागडोग्रामा सेनाको गाडी दुर्घटना, अग्निवीर प्रयाश गुरुङको मृत्यु

Share this news

बागडोग्रा जंगलिबाबा मन्दिर सडक नजिकै ६/१ जीआरको एक सेना गाडी दुर्घटनामा परेर अग्निवीर प्रयाश गुरुङको मृत्यु भएको छ। सेनाका अनुसार, दुर्घटनामा घाइते भएका प्रयाश गुरुङ लगायत अन्यलाई बेङडुबारी स्थित सेना अस्पताल पुर्याइएको थियो, तर प्रयाशको ज्यान बचाउन सकिएन।

उक्त दुर्घटनामा नाइब सुबेदार तिर्थ बहादुर थापा र सवारी चालक लानायक वरुण थापा पनि घाइते भएका छन्। प्रयाश गुरुङ मर्निङ बीजानबारी ब्लक अन्तर्गत रेलिङ ग्राम पंचायतको लोअर लामा गाउँका बासिन्दा थिए। उनी विद्याज्योति एकेडेमी, बीजानबारीका विद्यार्थी थिए। यो दुःखद घडीमा हामी उहाँको परिवार र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। भगवानले पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून।

Agniveer Prayash Gurung


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न