डीएचआर निर्देशकसमक्ष अर्गनाइजेशन-को विविध माग

Share this news

दार्जीलिङ, 20 जुलाई (निसं): घूम जोरबंग्लो पीपल्स अर्गनाइजेशन-ले दार्जीलिङ हिमालय रेवलेका निर्देशकसमक्ष विविध मागहरू राखेको छ। जसमा घूम रेलवे स्टेशन प्रमुख प्रवेशद्वार सेन्ट्रर ब्यांक छेवैमा बुच्चिएको नाला अनि वरिपरि थुप्रिएका फोहोर मैला यथाशीघ्र सरसफाई गरिनुपर्ने, रेलवेको ईञ्जीन अनि चक्काहरु फेर्ने ठाउँ बर्खा यामको समय पानी जमिएर स्विमिङ पुल जस्तै अवस्थामा पुग्ने हुनाले यसको पनि सही ब्यवस्थापन गरिएको हुनुपर्ने साथै पहिले खरसाडदेखि चल्ने लोकल रेल पुनःसञ्चालनमा ल्याइनुपर्ने मा गरेको छ। अर्गनाइजेशनका सभापति साङ्गे डुक्पाले बताएअनुसार पहिला घूम रेलवे स्टेशनमा अवस्थित घूम म्युजियम दिनभरि खुल्ला हुन्थ्यो, तर अहिले केवल पर्यटकहरु रेल मार्फत सवारी भई आएको समय मात्र खोल्ने गरेको अनि टिबिटियन नृत्यहरु जो पहिले पर्यटकहरुको आकर्षणको निम्ति प्रस्तुत गरिने गर्दथ्यो त्यो सबै बन्द भएर गएको छ। यी सबै बिषयहरुमाथि अर्गानाइजेशनको तर्फबाट प्रतिनिधित्व गरेर मएको व्यक्तिहरुले हिमालयन रेल-वे
खरसाङको निर्देशक समक्ष कतिपय मागहरू राखेको छ। रेलको प्रत्येक बगीमा मैला दानी राखिनुपर्ने माग अर्गनाइजेशनका उपसभापति वाडदीले राखेका छन्। अर्गनाइजेशनले राखेको तमाम समस्याहरुको यथाशीघ्र समाधन गरिनुपर्ने बिषयमा पनि निर्देशकलाई अवगत गराएको जानकारी अर्गनाइजेशनले दिए-को
छ। यस अवसरमा सभापति साङ्गे डुक्पा, महासचिव ठेण्डुप वाङदी, उपसभापति वाङदी येल्मु, जयकुमार थामी, सुजना रसाइलीलगायत अन्य उपस्थित थिए। ज्ञात रहोस्, गत 25 जूनको दिन दार्जीलिङ हिमालयन खरसाङका निर्देशकले सभाको आयोजना गरेर अर्गनाइजेशन लगायत अन्य संघ संस्थाहरुलाई निमन्त्रणा गरेको थियो। उक्त सभामा घूम जोरबंग्लो पीपल्स अर्गनाइजेशनको तर्फबाट महासचिव ठेण्डुप वाङ्दी अनि उपसभापति वादी यल्मो उपस्थित भएका थिए। जुन सभामा अर्गनाइजेशनले राखेक मागहरूबारे अर्गनाइजेशन पुनःसम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ