खम्बू राईको जनगणनाबारे अन्तरक्रियात्मक सभा

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): शनिबार, केन्द्रीय समिति किराँती खम्बू राई सांस्कृतिक संस्थानले गोदुनिस(गोर्खा दु:ख निवारक सम्मेलन)-को पुस्तकालय कक्षामा एक अन्तरक्रियात्मक सभा गर्दै
आगामी जनगणना तथा संस्थानले हालैमा पहल गरेको सामाजिक आर्थिक सर्वेक्षण विषय चर्चा-परिचर्चा गर्‍यो। सभामा डुवर्स, जलपाईगढी, सिलगढी, कालेबुङ, खरसाङ, मिरिक, सुके, बिजनबारी, रिम्बिक, बागडोग्रा, पानी ट्यांकी, क्षेत्रहरूबाट संस्थानको कार्यकारी सदस्यहरूको उपस्थिति थियो। संस्थानमा गरिने खम्बू राईहरूको आन्तरिक सामाजिक आर्थिक सर्वेक्षण गर्ने प्रक्रिया अनि यसको उपलब्धि विषयमा  एमएस राईले विस्तृत रूपमा सभालाई जानकारी गराए,जसले आगामी जनगणना साथै जनजाति मुद्धालाई पनि टेवा पुर्‍याउने एमएस राईले बताए।  खम्बू राईको सामाजिक आर्थिक सर्वेक्षण आउने एक महिना भित्र शुरू गर्नुपर्ने जोड  एमएस राईले सभामा राखे। आजको दोस्रो स्रोत व्यक्ति संस्थानकै प्रमुख संरक्षक  सीआर राईले आगामी जनगणना  सम्बन्धी विषयमा सभालाई विस्तृत रूपमा  जानकारी गराउँदै आगामी दिनमा खम्बू राईले सबै पक्षलाई विश्लेषण गर्दै सावधानीपूर्वक निष्कर्षमा पुग्नुपर्ने आफ्नो मन्तव्य  व्यक्त गरे। त्यसै गरी  सभाको तेस्रो स्रोत व्यक्ति संस्थानको कानुनी सल्लाहकार  प्रणय राईले राष्ट्रिय स्तरमा हुने आगामी जनगणना सबै गोर्खा समुदायसंग संगै खम्बू राईको निम्ति पनि एक महत्वपूर्ण घटना हुनेछ र यसको निम्ति खम्बू राई समुदाय एकबद्ध हुनु जरुरी छ। यो समय हुनेछ केन्द्र र राज्य सरकारलाई पनि खम्बुको वास्तविक स्थिति दर्शाउने र प्रत्येक खम्बू राईले यो आउने जनगणना कार्यक्रममा सहभागी हुनुपर्ने बताए।  तसर्थ, आज किराँती खम्बू राई सांस्कृतिक संस्थानले आगामी जनगणनालाई ध्यानमा राखी यस विषयमा कस्तो रणनीतिहरू अपनाउनु पर्ने भनेर आज एउटा जनगणना सुझाउ समिति गठन गर्यो, समितिमा दार्जीलिङ पहाड, तराई डुवर्स सबै क्षेत्रहरुबाट प्रतिनिधिहरु समावेश गरिएको छ। उक्त समितिले सम्पुर्ण रुपमा जनगणना सम्बन्धि विषयमा अध्ययन गर्ने, साथै तल्लो तहदेखि राष्ट्रिय  स्तरसम्म सहकार्य गरि सर्वसम्मतीले निष्कर्ष निकाल्ने निर्णय गरिएको छ, जसको निम्ति आउने दिनमा यस समितिले गहन छलफल गर्ने आजको सभाले निर्णय गरेको संस्थानको प्रवक्ता डाक्टर स्मृति राईले जानकारी गराएको छ।  सभाले धेरै दिनदेखी संस्थानमा अध्यक्ष पद रिक्त भएको हुनाले, सोही अवसरमा वर्तमान उपाध्यक्ष  मेगराज राईलाई, अध्यक्षको कार्यभार सर्वसम्मतीले सुम्पिएको पनि प्रवक्ता डाक्टर स्मृति राईले प्रेस विज्ञप्तिमा जनाएकी छन्।

Share this news
आजको रोजाइ
गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

आजको रोजाइ