खरसाङ फुटबल एसोसिएसनको आयोजनामा हिल वुमन फुटबल लीग 2026 को तत्वावधानमा सम्पन्न भइरहेको महिला फुटबल टुर्नामेन्टको तेस्रो खेल खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा शुक्रवार सम्पन्न भयो। यस खेल सन्त फिलोमिना स्कूलको अन्डर 17 अनि खरसाङ गर्ल्स फुटबल एकाडमीमाझ सम्पन्न भएको थियो। यो खेलमा सन्त फिलोमिना स्कूलका खेलाड़ीहरूले खरसाङ गर्ल्स फुटबल एकाडमीका खेलाड़ीहरूमाथि पूर्ण दबाउ बनाउदै 17 गोल गरे। यस खेलमा खरसाङ गर्ल्स फुटबल एकाडमीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यसरी यो खेल सन्त फिलोमिनाले 1 गोलको विरुद्ध 7 गोलले जित्यो। विजय दल सन्त फिलोमिना स्कूलका दल प्रबन्धक अनि प्रशिक्षकलाई स्मृति स्वरुप केएफएको टी शर्ट केएफएका अध्यक्ष अनि सचिवको बाहुलीबाट प्रदान गरियो। यस खेलको उत्कृष्ट खेलाडी खरसाङ गर्ल्स फुटबल एकाडमीका रितिका सी बारेकलाई चयन गरियो। तिनलाई नगद राशी 2 हजार रुपियाँ केएफए सचिव सुदिप राईको बाहुलीबाट प्रदान गरियो। उक्त राशी खरसाङ डीएमडीसी लाडेनला लेप्चाद्वारा उपलब्ध गराइएको थियो।
खरसाङ फुटबल एसोसिएसन (केएफए) का सचिव सुदीप राईले जानकारी दिए अनुसार, यस लीग फुटबल खेलको पहिलो खेल 15 जुलाईको दिन कालेबुङ्मा खेलाइएको थियो भने उक्त खेलमा सन्त फिलोमिना स्कूलको अन्डर 17 अनि खरसाङ गर्ल्स फुटबल एकाडमी 1-1 गोलको बराबरी रहेको थियो। 16 जुलाईको दिन डीजीएचएसए दार्जीलिङ अनि डीएफएके, कालेबुङ्माझको खेल सम्पन्न भएको थियो। उक्त खेल पनि 1-1 गोलको बराबरीमा रहेको थियो। 23 अनि 24 जुलाईको दिन खरसाङ्को यसै गोथल्स स्कूलको खेल मैदानमा खरसाङ गर्ल्स फुटबल एकाडमी अनि कालेबुङ्माझ अघिल्लो खेल खेलिने छ। यस खेल सञ्चालकको रुपमा हिल रेफेरीस एसोसिएसनका रेफेरी नितेश देवान मुख्य रेफरीको रुपमा रहेका थिए, सहायक रेफेरी मनिश थापा अनि केवन राई, फोर्थ अफिसियल सौरभ शंकर रहेका थिए।













