खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

Authored By: Mohan

Share this news

रसाङ पञ्चायत समितिमा भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो बोर्ड गठन गरेको छ। नयाँ बोर्ड गठनको प्रक्रिया अन्तर्गत 16 पञ्चायत समिति सदस्यहरूलाई लिएर खरसाङ पञ्चायत समितिको नयाँ सभाधिपतिको रूपमा विकास थापा निर्वाचित भएका छन्‌‍। 31 सदस्यीय पञ्चायत समितिमा भाजपालाई 16 जना सदस्यको समर्थन प्राप्त भएको छ भने बाँकी 15 जना सदस्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) सँग रहेको जानकारी पाइएको छ । प्राप्त जानकारी अनुसार, पञ्चायत निर्वाचनपछि भाजपासंँग पाँचजना निर्वाचित पञ्चायत समिति सदस्य थिए। तर गत विधानसभा निर्वाचनको परिणाम आएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) एवं अन्य गरेर 11 जना पञ्चायत समिति सदस्यहरूले भाजपामा आफ्नो समर्थन जनाएका थिए। सोही अनुरूप, भाजपाको सदस्य संख्या 16 पुगेपछि पार्टीले फ्लोर टेस्टको अवधि पञ्चायत समितिमा आफ्नो बोर्ड गठन गर्न सफल भएको हो। प्लोर टेस्टको प्रक्रिया शुक्रवार खरसाङ खण्ड विकास एवं पञ्चायत समिति कार्यालयमा सम्पन्न भएको हो।

ज्ञात रहोस्‌‍, विधानसभा चुनावको परिणाम पछि राज्य संँगै गत 17 जूनमा बीजीपीएमकी तत्कालीन सभाधिपति अनु छेत्रीले आफ्नो पदबाट राजीनामा दिएकी थिइन्‌‍। त्यसपछि नयाँ बोर्ड गठनको निम्ति विभिन्न चलखेल चलिरहेको थियो। यस अवधि, शुक्रबार नयाँ बोर्ड गठन प्रक्रिया अन्तर्गत खरसाङ पञ्चायत समितिको बोर्ड भाजपाको दखल गएको छ। नयाँ बोर्ड गठनका लागि शुक्रबार खरसाङ खण्ड विकास अधिकारी (बीडीओ) कार्यालय परिसरस्थित पञ्चायत समिति कार्यालयमा फ्लोर टेस्ट आयोजना गरिएको थियो। निर्धारित प्रक्रियाअनुसार सम्पन्न उक्त फ्लोर टेस्टमा भाजपाले बहुमत प्राप्त गर्न सफल भएपछि खरसाङ पञ्चायत समितिमा भाजपाको नियन्त्रणमा गएको हो।

यस अवधि पत्रकारहरूसित बोल्दै भाजपा दार्जीलिङ जिल्ला सचिव विनय प्रसादले बोर्ड गठनका लागि बीडीओद्वारा फ्लोर टेस्ट आह्वान गरिएको बताए। तिनले थप जनाए अनुसार, फ्लोर टेस्टमा 31 सदस्यीय पञ्चायत समितिमध्ये 16 जना सदस्यले भाजपालाई समर्थन जनाएका थिए। पछि सोही अनुरूप सिटोङ क्षेत्रका भाजपा सदस्य विकास थापालाई सर्वसम्मतिमा खरसाङ पञ्चायत समितिको नयाँ सभाधिपति चयन गरिएको हो। अर्कोतर्फ नवनिर्वाचित सभाधिपति विकास थापाले पत्रकारहरूसंँग बोल्दै जनाए अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको “सबका साथ, सबका विकास“ को मन्त्र तथा जवाफदेहिता र पारदर्शिताको सिद्धान्तलाई आधार बनाएर पञ्चायत समितिले काम गर्नेछ। उनले जनहितलाई सर्वोच्च प्राथमिकतामा राख्दै खरसाङ एवं क्षेत्रको विकासका लागि इमानदारी र पारदर्शितासहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै तिनले क्षेत्रको विकासलाई तीव्रता दिँदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास पनि व्यक्त गरे। त्यति मात्र होइन, भाजपा नेतृत्वहरूले खरसाङ पञ्चायत समितिमा बोर्ड गठनलाई पार्टीका लागि महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा लिएको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
Incessant rains wash away snow pipes, disrupting transportation in remote villages of Geetdabling

अविरल वर्षाले बगायो हिम पाइप, गीतडाब्लिङका दुर्गम गाउँको यातायात ठप्प

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

हिल वुमन फुटबल लीग 2026 तेस्रो खेल सन्त फिलोमिना स्कूलले जित्यो

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

रोहिणीको गोल पाठ डाँड़ा मिनि कन्याम

Footpath cleaning campaign for the convenience of students and locals.

विद्यार्थी र स्थानीयको सुविधाका लागि फुटपात सरसफाइ अभियान

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

खरसाङ पञ्चायत समिति भाजपाको दखलमा

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

AAGSU को १८औँ द्विवार्षिक केन्द्रीय अधिवेशन सम्पन्न

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

आजको रोजाइ