दिल कुमार सुब्बालाई सम्मान जनाइयो

Share this news

दुधेको बालासन खोलामा मङ्गलवार राती भएको घटनामा चारजनाको ज्यान बचाउने दुधे आँपेटार निवासी दिल कुमार सुब्बालाई स्थानीय डम्फेटार ग्राममा बुधवार सम्मान जनाइयो। तिनलाई यस प्रकारको साहसिक कार्यको निम्ति सम्मान जनाउँदै खदा माला लगाइयो। यसपछि सुब्बाले आफूले गरेको कार्यलाई सराहना गर्दै सम्मान जनाइएकोमा ग्रामवासीहरूलाई धन्यवाद दिए। तिनलाई मङ्गलवार भएको घटनाबारे जानकारी दिँदै तिनले डम्फेटारस्थित बालासन खोलामा एउटा गाडी अनि मानिसहरू बगाएको घटना थाहा पाएलगत्तै घटनास्थलमा पुगेर डोरी कम्मरमा बाँधेर खोलाभित्र पसेर पालैपालो चारजनालाई बाहिर निकाल्न सक्षम भएको जनाए। सुब्बाले यसअघि पनि यस्ता धेरै मानिसहरूलाई उद्धार गरिएको जनाउँदै यद्यपि यस्ता कार्यहरूमा सरकार अनि सम्बन्धित निकायले अझ सहयोग गरिदिए असल हुने बताए। तिनले विशेषगरी एनडीआरएफद्वारा आवश्यक प्रशिक्षण तथा उद्धार कार्यका सामग्रीहरू उपलब्ध गराइए मानिसहरूलाई उद्धार गर्न तथा ज्यान बचाउन धेरै सहयोग मिल्ने थियो भनी बताए।

Share this news
आजको रोजाइ
विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

आजको रोजाइ