खरसाङ सुपर लीग 2026 मा केएफसी अनि केएससी विजय

Share this news

खरसाङ सुपर लीग 2026 फुटबल टुर्नामेन्टको बिहीवारको खेल केएफसी र केएससीले जितेका छन्‌‍। बिहीवारको पहिलो खेल कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) अनि खरसाङ लिजेण्डमाझ सम्पन्न भयो। यस खेलमा केएफसीका खेलाड़ीहरूले 7 गोल गर्न सफल बने भने खरसाङ लिजेण्डका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यस प्रकार यो खेल केएफसीले शुन्यको विरुद्धा 7 गोलले जित्यो। यस खेलमा अल्सो लामाले 2 गोल, लाक्पा तामाङले 2, कुनाल गुरुङले 1, अभिषेक तामाङले 1 गोल गरेका थिए अनि एउटा आत्मघाती गोल भएको थियो। यस खेलको उत्कृष्ट खेलाड़ी केएफसीका खेलाड़ी अनिश राईलाई चयन गरीयो, तिनलाई केएफएका टेक्निकल को-अर्डिनेटर इन्द्र प्रकाश लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो।

दोस्रो खेलमा खरसाङ स्पोर्टिङ क्लब (केएससी) अनि युनाइटेड मकैबारी फुटबल क्लब (युएमएफसी) माझ खेलाइयो। यस खेलमा केएससीका खेलाड़ीहरूले 1 गोल गरे भने युएमएफसीका खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन्‌‍। यसरी यो खेल केएससीले शुन्यको विरुद्ध 1 गोलले जित्यो। केएससीका खेलाड़ी आदर्श थापाले आफ्नो दलको पक्षबाट गोल गरेका थिए। यस खेलको उत्कृष्ट खेलाड़ केएससीका गोलकिपर अविन थापालाई चयन गरी उर्गेन लामाको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो। बिहीवारको खेलमा मुख्य रेफेरी नितेश देवान अनि शिशिर राई रहेका थिए, सहायक रेफेरी मनिष थापा अनि शिशिर राई, फोर्थ अफिसियल केवन राई रहेका थिए। खरसाङ फुटबल एसोसिएसनको आयोजनामा यो फुटबल टुर्नामेन्ट खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको छ।

Share this news
आजको रोजाइ
विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

आजको रोजाइ