हाट बजारका व्यापारीहरूलाई दोकान खाली गर्ने म्याद 15 दिन बढ़ाइयो

Share this news

खरसाङ्को हाट बजारका 1 सय 23 व्यपारीहरूलाई 15 दिन भित्रमा आ-आफ्नो दोकान खाली गर्ने खरसाङ नगरपालिका प्रशासकद्वारा दिइएको नेटिसको म्याद सकिसकेको छ। वर्तमानमा सबै व्यापारीहरूले आ-आफ्नो दोकान सुचारु रुपले सञ्चालन गरिरहेका छन्‌‍, तथापि व्यापारीहरूमा एक प्रकाकको चिन्ता भने अवश्यै देखिएको छ। पुस्तौँदेखि हाट बजारमा दोकान चलाइरहेका व्यापारीहरूले यसरी अकास्मक दोकान खाली गर्ने नोटिस खरसाङ नगरपालिका प्रशासनले जारी गरेपछि यसको विरोध जनाएका थिए। व्यवसायीहरूको विरोधलाई गोर्खा जनमुक्ति मोर्चा, भारतीय जनता पार्टी, आईजीजेएफ जस्ता राजनतीकि दल, सामाजिक कार्यकर्ता बन्दना राई अनि कतिपय सङ्घ-संस्थाले समर्थन जनाउँदै व्यपारीहरूले सहयोगसम्म गरेका थिए।

यसै बीच हाट बजार व्यवसायी सङ्गठनका प्रतिनिधि टोली अनि खरसाङ नगरपालिका प्रशासक एवं खरसाङ महकुमा शासक प्रिया यादवसित सम्पन्न भएको एक अनौपचारिक सभापछि व्यपारीहरूलाई दोकान खाली गर्ने म्याद अझ 15 दिन बढ़ाइएको जानकारी प्राप्त भएको छ। बढ़ाइएको 15 दिनको मियाद भित्रमा नगरपालिका प्रशासनले एउटा सभा बोलाएर यस समस्याको समाधान खोजिने आश्वासन दिएको छ भनी व्यापारीहरूले बताएका छन्‌‍।

यस बारेमा बताउदै हाट बजार व्यवसायी सङ्गठनका अध्यक्ष राजु सेवाले भने- खरसाङ नगरपालिका प्रशासकले हाट बजारका व्यवसायीहरूलाई आ-आफ्नो दोकान खाली गर्न भनी दिएको 15 दिनको म्याद सकिसकेको छ। यसै बीच खरसाङ नगरपालिका प्रशासक एवं खरसाङ महकुमा शासकसित हाम्रो सङ्गठनको प्रतिनिधि टोलीको एउटा अनौपचारिक बैठक भएको थियो। उक्त बैठकमा नगरपालिका प्रशासकले म्याद अझ 15 दिन बढ़ाइएको हामीलाई मौखिक सूचना दिएकी थिए, तथापि अहिलेसम्म हामीले आधिकारिक पत्र भने पाएका छैनौँ। नगरपालिका प्रशासकले बढ़ाइएको 15 दिनभित्रमा एउटा औपचारिक सभा बोलाउने, यस सभामा खरसाङ हाट बजार व्यवसायी सङ्गठन, खरसाङ्का विधायक, विभिन्न राजनीतिक दल, सङ्घ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने र त्यसै सभापछि समस्याको समाधान निकालिने आश्वासन दिएकी छन्‌‍। राजु सेवाले उक्त सभामा सांसद राजु विष्ट उपस्थित रहने सम्भावना रहेको पनि बताएका छन्‌‍। तिनले भने- हामी त्यस सभाको प्रतिक्षमा छौँ। उक्त सभामा समस्याको समाधान निस्कने छ भन्ने कुरोमा हामी आशावादी पनि छौँ।

हाट बजारका एक स्वर्ण आभूषण व्यापारी मनिष बर्मनले पनि 15 दिनको म्याद सकिए तापनि म्याद अझ 15 दिन बढ़ाइएको बताउदै आगामी दिनमा बोलाइने सभामा समस्याको समाधान निस्कने विषयमा आफू आशावादी रहेको बताए। तिनले हाट बजारमा 1911 देखि व्यापार गर्दै आएका व्यापारीहरू रहेको बताउदै सरकारले यदि शहरको विकासको लागि कार्य गर्छ भने व्यापारीहरूलाई उचित व्यवस्था गरेर कार्य गरे आफूहरूलाई कुनै आपत्ति नरहने बताए। तिनले यदि कुनै मार्केट कम्पेक्स निर्माण गरिन्छ भने व्यपारीहरूलाई व्यवस्था गरी पटक पटक गर्दै निर्माण गरेर व्यपारीहरूलाई जग्गा प्रदान गरिएको खण्डमा विरोध नरहने पनि बताए।

Share this news
आजको रोजाइ
विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

विद्यार्थीमाथि लाठीचार्जः मानव अधिकार संगठनको कडा निन्दा

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

आजको रोजाइ