भानुभक्त जयन्ती नगर पुस्तकालयमा

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 212औँ जन्मजयन्ती बिजनबारी नगर पुस्तकालयमा भव्य रूपमा सम्पन्न गरियो। विगतका वर्षहरूझैँ यस वर्ष पनि उक्त कार्यक्रमको आयोजना कला संगम, बिजनबारीले गरेको जानकारी छ।
जानकारी अनुसार, समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार मनप्रसाद सुब्बा तथा विशिष्ट अतिथिहरू श्री कुमुद रञ्जन गिरी, राजेन प्रधान र पुलबजार–बिजनबारी ग्राम पञ्चायतका उपप्रधान युवराज लिम्बू लगायत साहित्यप्रेमी सगै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रमको सञ्चालन जेके राई तथा कला संगम, बिजनबारीका महासचिव विवेक सुब्बाले संयुक्त रूपमा गरेका थिए।
यसैबीच कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान व्यक्त गरियो भने विद्यार्थीहरुले रामायण पाठक सगै कार्यक्रममा उपस्थिति कविहरुले स्वरचीत कविता वाचन गरेका थिए ।

Share this news
आजको रोजाइ
महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?