स-सानो देवल लगाएर 2 करोड 26 लाख 72 हजार 2 सय 52 रूपिया हामी सित्तैमा पच्चाउन दिने छैनौ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भरत तामाङको हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सरकारी योजनाहरू कहाँ कहाँ भएको छ अनि ती योजना अन्तर्गत गरिएको कामहरू पूरा भएको छ की छैन भन्ने जनताको सरोकारको विषयलाई ध्यानमा राख्दै आइरहेका छन्।यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भरत तामाङ आफ्नो टिमसंग तकलिङ पेशोक समष्टिको कोलबुङ फाटक पूगेका थिए।तकलिङ पेशोक समष्टिको कोलबुङ फाटकदेखि बस्तीसम्म सम्बंधित विभागद्वारा बाटोको निर्माण कार्यको निम्ति 2 करोड 26 लाख 72 हजार 2 सय 52 रूपिया जारी गरेको छ तर आज हामीले यो रोडको भ्रमण गर्दा तल घूम्तीमा दुईवटा देवल लगाएको भेट्टायौ त्यस बाहेक अन्य कुनै काम भएको छैन।बाटोको अवस्था धेरै नाजुक भएको हुनाले हामी बाटोको फेदसम्म पूग्न सकेनौ।हामीले हाम्रो भ्रमणकालमा जे देख्यौ त्यसको भिडियो बनाएर सम्बंधित विभागीय अधिकारीलाई पठाई दिएका छौ भन्ने भरत तामाङले बताएका छन्।तर यो बाटो निर्माणको लागि सम्बंधित विभागले जो राशी जारी गरेको छ त्यसको अनुरूप कुनै काम भएको छैन अनि जनताको पैसा हामी सित्तै कसैलाई पनि पच्चाउन दिने छैनौ।तिनले अघि भने हामी सम्बंधित विभागलाई आह्वान गछौ तपाईहरूले जारी गरेको योजनाहरूको जाँच गरेर मात्र बिल पास गर्न पर्छ।आजसम्म हामीले 14 वटा भन्दा धेरै समष्टिहरूको भ्रमण गरि सकेका छौ तर कहीँकतै काम राम्रोसंगले गरेको छैन अनि यी काम गर्ने कम्पनीहरू एकै जना व्यक्तिको हो भन्ने हामीले सुन्नमा पाएका छौ।सम्बंधित विभागद्वारा जारी गरेको कमसेकम 1 सय 73 करोडको योजनाहरू मध्ये 80 करोड रूपियाको काम एक्लैले गरेको छ अनि हामी सुन्दैछौ 80 प्रतिशत बिल पास पनि गरिसकेको छ तर यो कुरामा कति साँचो छ त्यो विभागीय अधिकारीहरूसंग जोडिएको विषय हो तर बिल पाउनु नपाउनु उनीहरूको विषय हो तर काम नगरी बिल कसरी पास हुँदैछ भन्दै भरत तामाङले प्रश्न तेर्साएका छन।













