नेपाली साहित्यिक वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे निधनमा १५जुलाई २०२६ बुधबार शब्द समय सालबारी, सिलगढीले शाेकसभाकाे आयाेजन गरेर श्रद्धाञ्जली अर्पण गर्याे । शाेक सभामा वरिष्ठ साहित्यकार /कवि माेहन ठकुरी , वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा ,लिजेन्ड नाट्यकलाकार टङ्क शर्मा , कथाकार /अनुवादक जीत सुनार,शब्द समयका संयाेजक कवि निर्मल सिन्चुरी, कवि माेनिका प्रधान गुरूङ, कविद्वय हेमन्त काफ्ले ,साथै कवि पूर्ण मंगरले साहित्यकार गीता उपाध्यायकाे कीर्ति र कर्मबारे आ-आफ्नो मन्तव्य राख्दै दिवङ्गत साहित्यकारप्रति शब्द श्रद्धाञ्जली अर्पण गरे ।आफ्नो सम्बाेधनमा वरिष्ठ कवि एवम् अध्येता ज्ञानेन्द्र खतिवडाले गीता उपाध्याय नेपाली भाषा साहित्यमा मात्र नभएर असमेली भाषा साहित्यारमा पनि उत्तिकै सम्मानित र प्रखर साहित्यकार रहेकाे जानकारी गराए । साथै उनी आफ्ना कृतिहरूमार्फत सदैव अमर रहने बताए ।उनले अझ भने – साहित्यकार गीता उपाध्यायले साहित्यकाे सिजृना मात्र गरेनन्,तर अनुवादमार्फत् नेपाली साहित्य र असमेली साहित्यलाई दह्रो गरि जाेड्ने कार्य पनि गरेकी छन् भनी जानकारी गराए । कथाकार , अनुवादक जीत सुनारले साहित्यकार उपाध्यायकाे परिचय राख्दै पुर्वाेत्तर राज्यमा नेपाली साहित्यका विकाशमा उनकाे याेगदान माथि प्रकाश पारे । नाट्य अभिनेता टङ्क शर्माले साहित्यकार गीता उपाध्याय साहित्यिक भ्रमणमा खरसाङ आउँदा गाेर्खा जनपुस्तकालयमा भेट भएकाे संस्मरण सुनाए ।
डा हेमन्त काफ्लेले केही जानकार गराउँदै भने – गीता उपाध्यायले सँधै साहित्यलाई समाज जाड्ने माध्यम मान्नुहुन्थ्याे । उनकाे भनाइमा ” साहित्य विभिन्न संस्कृति र समुदायलाई एक जुट गर्ने सबैभन्दा शक्तिशाली पुल हाे।”अझ उनकाे तीन प्रसिद्ध भनाइ राखे-
“अनुवादले केवल शब्दहरू मात्र बद्लिँदैन,यसले एउटा जातिकाे आत्मालाई अर्काे जातिसँग परिचय गराउँछ।”
“शिक्षा बिना समाजकाे कुनै प्रगति सम्भव छैन, र महिला शिक्षाले सम्पूर्ण परिवारलाई उज्यालो बनाउँछ।” “मानिसको सबभन्दा ठूलो धर्म भनेकाे आफ्नो समाज र मातृप्रतिकाे जिम्मेवारी पूरा गर्नु हाे ।” भन्दै बहुमुल्य पक्तिहरू प्रस्तुत गरे । उल्लेखनीय छ, पद्माश्री सम्मान र साहित्य अकादमी पुरस्कारले विभूषित असमनिवासी वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे १३ जुलाईका दिन दु:खद निधन भएकाे हाे ।उनकाे निधनले सम्पूर्ण नेपाली /गाेर्खा जातिकाे निम्ति याे एउटा ठूलाे क्षति भएकाे महसुस गर्दछ ।।












