खरसाङ विस क्षेत्रका भाजपा विधायक लामाद्वारा सिटोङ क्षेत्रको भ्रमण

Share this news

खरसाङ विधानसभा क्षेत्रका भाजपा विधायक सोनाम लामाले सिटोङ क्षेत्रको भ्रमण गर्दै जनसुनुवाई तथा सांगठनिक सभा गरे। बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत हाँसिल गरेर सरकार गठन गरेपछि सबै विधायकहरु आ आफ्नो समष्टि भ्रमण गर्दै आफ्ना कार्यकर्ता मतदाताहरु संग प्रत्यक्ष भेटघाट भलाकुसारी गरिरहेका छन् । यसैक्रममा खरसाङ २४ नम्बर समष्टिका भाजपा विधायक पनि जनता जनार्दनसंग भेटघाट गर्दै सिटोङ क्षेत्र आईपुगेका थिए । सिटोङ -१ ग्रा०प० स्थित सेब्जे सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला सचिव श्याम बस्नेत समष्टि मण्डल दिवस मोहरा लगायत भाजपा नारी युवा नेतृत्ववर्गको उपस्थिति रहेको थियोे । उक्त सभालाई सम्बोधन गर्दै विधायक लामाले पहाड लगायत सम्पुर्ण बंगालमा भाजपको जीत र ऐतिहासिक परिवर्तनको लागि बधाई दिदै यो सब जनताको जीत हो भनी बताए । तिनले आफु जनसेवक रहेको बताँउदै भोलिको दिनमा सबैलाई समेटेर सबैको साथ लिएर बिकाससंगै गोर्खा जातिको मुलमुद्धाको निम्ति प्रतिबद्ध रहेर काम गर्ने मनसाय व्यक्त गरेका थिए ।  विगत चुनावमा बहुमुल्य जीत हाँसिल गरेर विधायक बनेको खुशीमा भाजपा सिटोङ – लाठ मण्डलले विधायक लामा अनि भाजपा जिल्ला सचिव श्याम बस्नेतलाई सम्बर्द्धना पनि जनाएको थियोे । उक्त सभामा सिटोङ – लाठपञ्चर अधिनस्थ सम्पुर्ण बुथका पदाधिकारीवर्ग मण्डल प्रतिनिधि कार्यकर्ता लगायत सिटोङ -३ ग्रामपञ्चयात प्रधान रिना तामाङ उपप्रधान लाडुप लेप्चा पञ्चायत समिति उपसभापति नारायण थापा आदिको उपस्थिति रहेको थियोे । सचिव अनिल शर्माले संचालन गरेको कार्यक्रममा अरुण खवासले स्वागत मन्तव्य राखेका थिए ।

Share this news
आजको रोजाइ
दिलजीतले फिल्म “सतलज”को लागि केवल एक रुपैयाँ लिएका थिए

दिलजीतले फिल्म “सतलज”को लागि केवल एक रुपैयाँ लिएका थिए

अपाङ्ग व्यक्तिहरूका लागि मोबाइल अदालत सञ्चालन: धेरै मुद्दाको सुनुवाइ 

अपाङ्ग व्यक्तिहरूका लागि मोबाइल अदालत सञ्चालन: धेरै मुद्दाको सुनुवाइ 

वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे निधनमा शब्द समयले शाेकसभा

वरिष्ठ साहित्यकार गीता उपाध्यायकाे निधनमा शब्द समयले शाेकसभा

अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराउँदै दोस्रो पटक पुग्यो विश्वकप फाइनलमा 

अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराउँदै दोस्रो पटक पुग्यो विश्वकप फाइनलमा 

सून अनि चाँदीको मूल्य एमसीएक्स विनिमय दरमा फेरि आयो गिरावट 

सून अनि चाँदीको मूल्य एमसीएक्स विनिमय दरमा फेरि आयो गिरावट 

तृणमूल पूर्वमन्त्री मदन मित्रले अभिषेक बनर्जीमाथि गरे कडा आक्रमण

तृणमूल पूर्वमन्त्री मदन मित्रले अभिषेक बनर्जीमाथि गरे कडा आक्रमण

भागोपले संस्थापक अध्यक्षा उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो

भागोपले संस्थापक अध्यक्षा उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो

खरसाङ विस क्षेत्रका भाजपा विधायक लामाद्वारा सिटोङ क्षेत्रको भ्रमण

खरसाङ विस क्षेत्रका भाजपा विधायक लामाद्वारा सिटोङ क्षेत्रको भ्रमण

काम नगरी बील पास हुने, जनताको पैसा पच्चाउन दिंदैनौ: भरत तामाङ

काम नगरी बील पास हुने, जनताको पैसा पच्चाउन दिंदैनौ: भरत तामाङ

शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

आजको रोजाइ