PM Modi Statement on Venezuela Earthquake
PM Modi Statement on Venezuela Earthquake

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

Share this news

प्रधानमन्त्री मोदीले आज दिल्लीमा ₹३३ हजार ५०० करोडका विकास आयोजना शुभारम्भ गर्दै, दुई नयाँ मेट्रो करिडोर सञ्चालनमा आउने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय राजधानी दिल्लीमा करिब ₹३३ हजार ५०० करोड बराबरका विभिन्न पूर्वाधार विकास आयोजनाको उद्घाटन तथा शिलान्यास गर्ने भएका छन्। यस क्रममा दिल्ली मेट्रोका दुई नयाँ करिडोरको उद्घाटन गर्नुका साथै तीन नयाँ मेट्रो करिडोरको शिलान्याससमेत गरिने कार्यक्रम रहेको छ। उद्घाटन हुने परियोजनामध्ये मजलिस पार्क–मौजपुर बाबरपुर (पिंक लाइन) करिब १२.३ किलोमिटर लामो रहेको छ भने दीपाली चौक–मजलिस पार्क (म्याजेन्टा लाइन) करिब ९.९ किलोमिटर लामो छ। यी दुवै करिडोर निर्माणमा करिब ₹१८ हजार ३०० करोड खर्च भएको जनाइएको छ। नयाँ करिडोर सञ्चालनमा आएपछि उत्तर र पूर्वी दिल्लीबीचको आवागमन थप सहज हुने, यात्रा समय घट्ने तथा सडकमा हुने ट्राफिक जाम कम गर्न उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी पिंक लाइन विस्तारसँगै दिल्लीमा भारतकै पहिलो पूर्ण ‘रिङ मेट्रो’ नेटवर्क सञ्चालनमा आउनेछ, जसले राजधानीको सार्वजनिक यातायात प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस अवसरमा प्रधानमन्त्री मोदीले दिल्ली मेट्रो फेज–५ (ए) अन्तर्गत थप तीन नयाँ मेट्रो करिडोर को शिलान्यास पनि गर्ने कार्यक्रम छ। यी परियोजनाले आगामी वर्षहरूमा राजधानीका विभिन्न क्षेत्रबीचको मेट्रो सञ्जाल विस्तार गर्दै यात्रुका लागि थप सहज र द्रुत सार्वजनिक यातायात सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन्। दिल्ली मेट्रो विस्तारसँगै राजधानीमा दिगो सहरी पूर्वाधार, प्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जनताको दैनिक आवागमनलाई आधुनिक र प्रभावकारी बनाउने दिशामा भारत सरकारले ठूलो कदम चालेको बताइएको छ।

Share this news
आजको रोजाइ
भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

आजको रोजाइ