डिजिटल राशन कार्ड निस्क्रिय बन्दैछ

Share this news

धेरै राशन कार्ड धारकहरूको डिजिटल राशन कार्ड अहिले निस्क्रिय भइरहेको छ। कुनै पनि राशन कार्ड धारकको राशन कार्ड निस्क्रिय भएपछि यसलाई सक्रिय गर्नको लागि एमआर शप डिलरहरू कहाँ व्यस्था नभएपछि राशन कार्ड धारकहरू खाद्य एवं आपूर्ति विभागको कार्यालयमा जानै पर्ने बाध्यता छ। मङ्गलवार खरसाङ्को खाद्य एवं आपूर्ति विभागको कार्यालयमा धेरै संख्यामा राशन कार्ड निस्क्रिय भएका आफ्नो राशन कार्ड पुनः सक्रिय गर्नलाई आएका थिए। यी राशन कार्ड धारकहरू मध्ये धेरैले आफ्नो राशन कार्ड निस्क्रिय भएकोले यसलाई पुनः सक्रिय गराउनको लागि आएको बताए। लामो समयसम्म राशन नथापेका, एसआईआर प्रक्रियामा नाम डिलिट भएका, आधार लिङ्क नभएकाहरूको डिजिटल राशन कार्ड निस्क्रिय भएको पाइएको छ।

खरसाङ्को राष्ट्रिय राजमार्ग 110 मा व्यवसाय गर्दै आएका एक व्यक्तिले आफ्नो राशन कार्ड एसआईआरमा नाम डिलिट भएपछि निस्क्रिय बनेको गुनासो गर्दै यसलाई पुनः सक्रिय गर्नको लागि कार्यालयमा आएको बताए। यसै गरी महानदीका एक महिलाले धेरै समयसम्म राशन प्राप्त नगरेको कारण आफ्नो राशन कार्ड निस्क्रिय रहेकोले पुनः सक्रिय गर्नको लागि आएकी बताइन्‌‍। डुमाराम बस्तीकी एक युवतीले आफ्नो अनि परिवारका सदस्यहरूको सबै राशन कार्ड निस्क्रिय बनेकोले पुनः सक्रिय गर्नलाई आएको बताउदै राशन कार्ड पुनः सक्रिय गर्नको लागि परिवारका प्रत्येस सदस्य आएर बोयोम्याट्रिय प्रक्रिया पुरा गरेपछि मात्र सक्रिय हुने कार्यालयका कर्मचारीहरूले बताएपछि आफू फर्किएर गएको बताए। तिनले आफ्नो राशन कार्ड निस्क्रिय हुनुको कारण आफ्नो परिवारका सदस्य सबै बाहिर रहेकाले राशन थाप्न असमर्थ बनेको कारण हो भनी बताइन्‌‍। राशन कार्ड सक्रिय गर्नको लागि लाइनमा उभिएकाहरू मध्ये कतिपयले राशन कार्ड धारकहरूको सङ्ख्यालाई हेरेर थप कर्मचारी उपलब्ध गराउन पर्ने आवश्यकता रहेको पनि बताए।

Share this news
आजको रोजाइ
भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

भारतीय गोर्खा परिसंघले आफ्नी असम राज्य संस्थापक अध्यक्षा पद्मश्री गीता उपाध्यायप्रति उच्चतम श्रद्धाञ्जली अर्पण गर्‍यो

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

प्रम मोदीले दिल्लीमा ₹३३ हजार ५००करोड विकास आयोजना आरम्भ गर्दै

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

बंगालमा १० करोड वृक्षरोपण गर्ने, नरिवलका बिरुवा रोप्न मुख्यमन्त्रीको जोड

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

पद्मश्री उपाध्यायको निधनमा भारतीय गोर्खा परिसंघ असम राज्य समितिद्वारा एक साताको शोक घोषणा

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

बाबुबासा ग्राम सुधार समिति, सिलगढ़ीद्वारा २१२ औॅं भानु जयन्ती समारोह पालन 

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

अखिल भातीय नेपाली अनुसूचित सङगठनको सिलगढीमा सभा

खरसाङ सुपर लीग 2026

खरसाङ सुपर लीग 2026

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त

आजको रोजाइ