मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको युवा अनि नारी जनशक्ति फ्रण्टलाई लिएर मंग्पु लाब्दा समष्टिमा पार्टीको सांगठनिक सभा आइतबार गरियो। उक्त सभामा बिशेष दार्जीलिङ महकुमा समितिका युवा अनि नारी नेतृत्वद्वय राब्गे राई अनि नोरा सुब्बाको उपस्थिति रहेको थियो भने समष्टिका अध्यक्ष सांगे शेर्पाको सभापतित्वमा भएको थियो। उक्त सभामा समष्टिका महासचीव ज्ञानद्विप राई, युवा अध्यक्ष सत्यम राई,नारी अध्यक्ष निता राई (छेत्री) साथै अन्य पदभारीगणको उपस्थितिको साथ साथमा युवा अनि नारी सदस्यहरु पनि भेला भएका थिएँ।उक्त सभाको सञ्चालन युवा संजोग मोक्तान र ज्ञानद्विप चाम्लिङ राईले गरेका थिएँ। चुनाव पछिको आजको उक्त समष्टिको प्रथम सभाको मुख्य उद्देश्य नारी अनि युवा नेतृत्वहरुमा पार्टीको आउँने भावी रणनीति बिषय जानकारी गराउँन साथै उनीहरुमा पार्टी प्रति थप जोश,उत्साह भर्न अनि निष्क्रिय तथा रित्त पदहरुमा नयाँ पदभारी नियुक्त गरिनु थियो।उक्त सभामा नव निर्वाचित पदभारीगणलाई नियुक्ति पत्र प्रदान गरी आउँने दिनको निम्ति शुभकामना, बधाई दिँदै सम्मान पनि गरियो।

आजको नियुक्ति प्राप्त गरेका नव निर्वाचित पदभारीगणहरु यसप्रकार छन् –

  • युवा जनशक्ति फ्रण्टको युवा उपाध्यक्षको रित्त पदमा प्रशन्न तामाङ।
  • कार्यकारी सदस्यहरुमा पेम्बा शेर्पा,युवल सङगौली।

महकुमा समिति सदस्यहरु-

  • वाङ्गदेन तामाङ र विनय राईलाई नियुक्ति प्रदान गरियो।
  • त्यस्तै प्रकारले नारी जनशक्ति फ्रण्टको नारी महासचिवको पदमा सृजना लिम्बु साथै महकुमा सदस्यको रुपमा नारुत बान्तवा(राई)-लाई नियुक्त गरियो।
  • अझ थप सक्रिय नारी,युवा नेतृत्वलाई आउँने दिनमा नियुक्त गरिने आजको सभामा तय भएको छ।
  • सभाका सभापति तथा उक्त समष्टिका अध्यक्ष सांगे शेर्पाले सभालाई सम्बोधन गर्दै सभालाई बर्खास्त पनि गरे।

Share this news
आजको रोजाइ
आमिर खानले लामो समयदेखिकी पार्टनर गौरी स्प्राटसँग विवाह गरे

आमिर खानले लामो समयदेखिकी पार्टनर गौरी स्प्राटसँग विवाह गरे

मेमोरीको मूल्य बढ्दै जाँदा iQOO १६ को भारतमा लन्च रद्द हुन सक्छ

मेमोरीको मूल्य बढ्दै जाँदा iQOO १६ को भारतमा लन्च रद्द हुन सक्छ

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्था बनाउने

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्था बनाउने

विहेको साढे दुई महिनापछि दाइजोको आरोपमा युवतीको मृत्यु

विहेको साढे दुई महिनापछि दाइजोको आरोपमा युवतीको मृत्यु

मुम्बई-पुणे एक्सप्रेसवे पहिरो: मिसिङ लिंक बन्द, वर्षाले मार्गहरू अवरुद्ध

मुम्बई-पुणे एक्सप्रेसवे पहिरो: मिसिङ लिंक बन्द, वर्षाले मार्गहरू अवरुद्ध

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

तिनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

बढ्दो सवारी चापसँगै गेजिङ बजार व्यवस्थाको चुनौती, दीर्घकालीन समाधानको खाँचो

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

टुङ-सन्तमेरिज समष्टिको सांगठनिक सभा: ५० घर गोरामुमोमा आबद्ध

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

मंग्पु लाब्दा समष्टिमा युवा र नारी जनशक्ति फ्रण्टको सांगठानिक सभा सम्पन्न

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा नर्वे

आजको रोजाइ